+
+
Shares

महाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

सशस्त्र प्रहरीका अनुसार, नेपाल टेलिकमको तार तान्ने क्रममा  महाकाली नदीमा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको महाकाली नदीमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका असई सागरराज थारु बेपत्ता भएका छन्।
  • दोधारा चाँदनीस्थित देवीस्थान बीओपीमा कार्यरत थारुको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
  • केही दिनअघि झोलुङ्गे पुल भत्किएपछि टेलिकमको तार चुडिँदा दोधारा चाँदनीमा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो।

२४ असोज, कञ्चनपुर । महाकाली नदीमा झोलुङ्गे पुल बगाउँदा चुँडिएको नेपाल टेलिकमको तार पुन: तान्ने क्रममा सशस्त्र प्रहरीका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्ममा कार्यरत सहायक प्रहरी निरीक्षक सागरराज थारु रहेका छन् ।

सशस्त्र प्रहरीले दिएको विवरणअनुसार, शनिबार दिउँसो १२:१५ बजे दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ महाकाली नदीमा रबर बोटको सहायताले टेलिकमको तार वारपार तान्ने क्रममा घटना भएको हो ।

केही दिनअघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल बगाउँदा नेपाल टेलिकमको तारसमेत चुडिएको थियो। तार चुडिएपछि दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सञ्चार सेवा पुन: सञ्चालन गर्ने उद्देश्यले नदीमा बगाएको तार रबर बोटको सहायताले वारपार तान्ने काम भइरहेको थियो । सोही क्रममा असई थारुको खुट्टामा तार अल्झिएको र उनी रबर बोटबाट महाकाली नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनापछि बेपत्ता थारुको खोजी कार्य जारी रहेको छ । उनको अवस्था र खोजी कार्यको पछिल्लो प्रगतिबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?