+
+
Shares

हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहेकाले हिमाली भूभागमा साधारणतया बादल लागेको छ।
  • आज दिउँसो कोशी, बागमती र कर्णालीका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
  • आज राति तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्न सक्ने तथा कोशी, बागमती र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

२५ असोज, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, आज राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?