+
+
Shares

बेनी-जोमसोम सडक पूर्ण रुपमा खुलाउने प्रयास जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १२:४५

२५ असोज, मुस्ताङ । बेनी-जोमसोम सडक सञ्चालनमा ल्याउने प्रयास जारी छ । सडक मर्मतको काम करिब सकिए पनि वर्षाका कारण सवारी सञ्चालन गर्न कठिन भएको सरोकारवालाहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले नै सवारी साधन पूर्णरुपमा सञ्चालन हुने अवस्था भने छैन । सवारी आवागमन अहिले पनि प्रभावित भएको छ । प्रहरीका अनुसार गाडीहरु फसेका कारण सडक पूर्णरुपमा सञ्चालनमा आउन नसकेको हो ।

सडक प्रभावित हुँदा लामो समयदेखि चीनबाट आयातित सामान बोकेका कन्टेनरहरु रोकिएका छन् । केही कन्टेनर रोकिएको ठाउँबाट हिँडे पनि जीर्ण सडकमा अघि बढ्न सकेका छैनन् ।

मनाङमा केही दिनअघि वर्षासँगै आएको बाढीपहिरोले सडक अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?