News Summary
Generated by OK AI. Editorially reviewed.- सामसङ नेपाल र एनसेलले दशैं लक्षित योजनाअन्तर्गत एनसेल ग्राहकलाई सामसङका छानिएका टेलिभिजन, फ्रिज र वासिङ मेसिनमा ३१ प्रतिशतसम्म लाभ दिने घोषणा गरेका छन्।
- यस योजनामा सामसङको चाडपर्व विशेष छुटबाट थप १२ प्रतिशतसम्म लाभ पाउने र एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ खण्डबाट अफर कोड लिन सकिने कम्पनीले जनाएको छ।
- कम्पनीका अनुसार यो योजना सन् २०२६ अक्टोबर ८ देखि नोभेम्बर १६ सम्म लागू हुनेछ र सहभागी सामसङ विक्रेताबाट उपकरण खरिद गर्न सकिनेछ।
२५ असोज, काठमाडौं । सामसङ नेपाल र एनसेलले दशैंलाई लक्षित गर्दै एनसेल ग्राहकका लागि सामसङका छानिएका टेलिभिजन, फ्रिज र वासिङ मेसिन खरिदमा ३१ प्रतिशतसम्म लाभ लिन सकिने योजना ल्याएका छन्।
यस योजनाअन्तर्गत ग्राहकले सामसङको चाडपर्व विशेष योजनामा थप १२ प्रतिशतसम्म छुट पाउनेछन्। दुवै योजनाबाट योग्य मोडेल खरिद गर्दा कुल ३१ प्रतिशतसम्म लाभ लिन सकिने कम्पनीले जनाएको छ।
सहकार्यले सामसङको ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ नामक चाडपर्व योजनालाई थप आकर्षक बनाउने कम्पनीको अपेक्षा छ। यसबाट एनसेलका ग्राहकलाई चाडपर्वमा घरायसी उपकरण नयाँ मोडेलमा स्तरोन्नति गर्न थप सुविधा पुग्ने बताइएको छ।
यो अफर लिन ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर आफूले पाउने छुटबारे जानकारी लिन सक्नेछन्। एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकलाई लागू हुने छुट र उपकरणको छुट्टै अफर उपलब्ध गराइने कम्पनीले जनाएको छ।
ग्राहकले एपबाट अफर कोड प्राप्त गरेपछि नजिकैको सहभागी सामसङ आधिकारिक विक्रेताकहाँ गएर आफूलाई आवश्यक उपकरण खरिद गर्न सक्नेछन्।
सहभागी सामसङ स्टोरबारे जानकारी लिन ग्राहकले टोल–फ्री नम्बर १६६००१७२६६७ वा ९८०१५७२६६७ मा सम्पर्क गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो योजना सन् २०२६ अक्टोबर ८ देखि नोभेम्बर १६ सम्म लागु हुनेछ। योजनामा सर्त तथा नियम लागु हुनेछन्।
प्रतिक्रिया 4