+
+
Shares

ज्याकलिन फर्नान्डिजको यो कस्तो रूप ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ज्याकलिन फर्नान्डिजले नर्तकीको भेषमा बन्दुक बोकेको फोटो फेसबुकमा पोस्ट गरेकी छन् ।
  • दुई वर्षअघि उनी ज्वेलरी ब्रान्डको बजार प्रवर्द्धनका लागि काठमाडौं आएकी थिइन् ।
  • सन् २००९ मा ‘अलादिन’बाट बलिउडमा डेब्यु गरेकी ज्याकलिनले ‘किक’लगायत चलचित्रमा अभिनय गरेकी छन् ।

ज्याकलिन फर्नान्डिज को हुन् भनेर त भनिरहनु परेन । यी बलिउड अभिनेत्री तथा मोडललाई कतिले काठमाडौंमा भेटेका पनि होलान् । उनीसँगै उभिएर फोटो खिचेका पनि होलान् । किनभने दुई वर्षअघि ज्याकलिन नेपाल आएकी थिइन्, एक ज्वेलरी ब्रान्डको बजार प्रवर्द्धनका लागि । त्यसबेला उनी त्यही आभूषणले चिरिच्याट्ट भएर फेसन रनवेमा देखा परेकी थिइन् ।

उनै ज्याकलिन यसपालि फूलबुट्टे पहिरनमा देखा परेकी छन् । उनको सम्पूर्ण पहिरन रहस्यमयी छ। र, त्योभन्दा रहस्यमयी छ उनले बोकेको बन्दुक ।

नर्तकीको भेषमा बन्दुक बोकेर उनले के भन्न खोजेकी हुन् ? फेसबुकमा उनले धेरै कुरा खुलाएकी छैनन् । केवल चार–पाँच थान फोटो पोस्ट गरेकी छन् ।

भनिहालौँ, केही वर्षअघि उनी पुरुषका भित्री वस्त्रको एउटा ब्रान्डकी ब्रान्ड एम्बेसडर बनेकी थिइन् । पुरुषले लगाउने वस्त्रको विज्ञापन गर्ने पहिलो अभिनेत्री भन्दै उनले इन्स्टाग्राममा फोटो राखेकी थिइन् ।

श्रीलङ्कामा जन्मिएकी ज्याकलिनले मोडलिङबाट मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी हुन् । अभिनयसँगै उनी नृत्य, फेसन र सामाजिक सेवाका काममा पनि सक्रिय छिन् । बलिउडमा ग्ल्यामरस छवि बनाएकी उनी विभिन्न विवादका कारण पनि चर्चामा आउने गरेकी छन् ।

सन् २००९ मा चलचित्र ‘अलादिन’बाट बलिउडमा डेब्यु गरेकी उनले ‘मर्डर २’, ‘हाउसफुल २’, ‘रेस २’, ‘किक’ र ‘जुडवा २’ जस्ता चलचित्रमा अभिनय गरेकी छन् । विशेषगरी सलमान खानसँगको चलचित्र ‘किक’ले उनको लोकप्रियता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?