+
+
Shares

बेत्रावतीमा बेलिब्रिज, ४७ दिनपछि जोडियो रसुवा (तस्वीरहरू)

पुल बगेको ठाउँमा बेलिब्रिज राखेर सञ्चालनमा ल्याएपछि यातायात सञ्चालन गरिएको छ । यहाँ राखिएको पुल मोडुलर एक्रो ब्रिज (बेलब्रिज) हो ।

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ असोज २५ गते १५:१९

२५ असोज, नुवाकोट । भदौ १० को भेटेकोशी बाढीले बेत्रावतीको फलाखु खोलामा रहेका नयाँ र पुराना गरी दुवै मोटरेबल पुल बगाएपछि अवरुद्ध रसुवासँगको यातायात सम्बन्ध ४७ दिनपछि पुन: जोडिएको छ ।

पुल बगेको ठाउँमा बेलिब्रिज राखेर सञ्चालनमा ल्याएपछि यातायात सञ्चालन गरिएको छ । यहाँ राखिएको पुल मोडुलर एक्रो ब्रिज (बेलब्रिज) हो ।

यहाँ नेपाली सेनाले दुई सातामा बेलिब्रिज तयार पारेको हो । जसले रसुवाको उत्तगया गाउँपालिका– ५ र नुवाकोटको विदुर नगरपालिका– १० जोडेको छ ।

पुल निर्माण भइसकेपछि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उत्तरगया गाउँपालिकाका प्रमुख माधव अर्याल, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत नेपाली सेनाको सहभागितामा पुल सञ्चालनमा ल्याइएको छ ।

लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरूले सास्ती भोग्दै आएका थिए । नुवाकोटसहित काठमाडौंसँग पुर्णरूपमा यातायात सम्पर्कविच्छेद भएपछि बाढीबाट विस्थापित र प्रभावितहरूको उद्धार र राहतमा कठिनाइ भएको थियो । यस्तै, त्यहाँका नागरिकहरूले ठूलो सास्ती भोगिरहेको थिए ।

चाडपर्व नजिकिँदा पुल सञ्चालन भएपछि स्थानीयले राहत महसुस गरेका छन् ।

‘यातायात नहुँदा कहिल्यै नसोचेको संकट भोग्नुपरेको थियो । अब यो पुल बनेपछि अबको पुनस्थापना र दैनिक जीवनयापनमा सहज हुन्छ,’ रसुवाको कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले भने ।

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?