News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाको पर्थमा एनआरएन पर्थले आयोजना गरेको ‘नेपाल फेस्टिभल’मा गायक प्रमोद खरेल र ‘प्रमोद एण्ड परम्परा’ले हजारौँ प्रवासी नेपालीलाई नचाए।
काठमाडौँ । १० अक्टोबर २०२६ मा अस्ट्रेलियाको पर्थ सहर अर्कै सांगीतिक रौनकमा सजिएको थियो । अवसर थियो– गैरआवासीय नेपाली संघ एनआरएन पर्थद्वारा आयोजित ‘नेपाल फेस्टिभल’। जहाँ चर्चित गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ ले हजारौँ प्रवासी नेपालीलाई सांगीतिक लयमा झुमाए।
चिसो हावा र सिमसिमे वर्षासँगै दर्शकको उत्साहमा अलिकति पनि कमी आएन । मौलिक नेपाली पोशाकमा सजिएका र हातमा राष्ट्रिय झण्डा बोकेका हजारौँ नेपालीको उपस्थितिले पर्थको वातावरणलाई नेपालकै भव्य बनाएको थियो ।

अस्ट्रेलियामा नेपालीहरूको निस्वार्थ माया देख्दा बेग्लै अनुभूति भएको गायक खरेलले बताए । नेपाली मनहरूलाई अझ नजिकबाट स्पर्श गर्ने अवसर पाएको उनले सुनाए ।
आफ्नो बहुचर्चित गीत ‘हङ्गामा भो’ बाट सांगीतिक कार्यक्रम सुरु गरेका प्रमोदले एकपछि अर्को हिट गीतहरू पस्किए । ‘झुमा झुम्का वाली’, ‘यो कुरा गोप्य’ हुँदै पछिल्लो समय निकै रुचाइएको ‘कर्णाली सलल’ सम्म पुग्दा दर्शकको हुटिङले कार्यक्रम स्थल नै गुञ्जायमान बनेको थियो । प्रमोद र परम्परा ब्याण्डले करिब दुई दर्जन चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई लगातार नचाएका थिए।
नेपाल फर्किएलगत्तै ‘असम टुर’ र ‘सुरताल’ को तयारी रहेको उनले बताए।
प्रतिक्रिया 4