+
+
Shares

प्रस्तावित राजदूतलाई प्रश्न– तपाईंको प्राथमिकता चीनको चाहना हुन्छ कि नेपालको स्वार्थ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १५:०८

२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको संसदीय सुनुवाइ जारी छ । सुनुवाइका क्रममा सांसदहरुले प्रश्न गरिरहेका छन् ।

रास्वपाका सांसद मधु कुमार चौलागाईंले प्रश्न गरे, ‘तपाईंको प्राथमिकता चीनको चाहना हुन्छ कि नेपालको स्वार्थ ?’

चीनका लागि प्रस्तावित राजदूत डा. शर्मा नेपाल–चीन मामिला विज्ञ, चिनियाँ विद्या (सिनोलोजी) का अध्येता र अर्थशास्त्री हुन् ।

उनीसँग प्राज्ञिक क्षेत्र, संस्थागत सुशासन र द्विपक्षीय नीतिगत सहकार्यमा दुई दशकभन्दा बढीको अनुभव छ । उनले चीनको फुदान विश्वविद्यालयबाट ‘प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषण’ मा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

उनी फुदान विश्वविद्यालय पूर्वविद्यार्थी संघ नेपाल, नेपाल–चीन मैत्री मञ्च (सन् २०१३ देखि) र चिनियाँ विद्या अध्येता परिषद्–नेपालका अध्यक्ष हुन् ।

काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ म्यानेजमेन्ट’ मा आगन्तुक विद्वानका रूपमा कार्यरत शर्माले ‘चीनमा व्यापार’ पाठ्यक्रम तयार गरी अध्यापन गराएका छन् ।

एड्भेन्चर आउटडोर एक्सकर्सन प्रालिका प्रबन्ध निर्देशक भई हिमालयन तथा सीमापार पर्यटन प्रवर्द्धनमा क्रियाशील उनी एपेक्स फन्ड्स लिमिटेड र विभिन्न जलविद्युत् तथा ऊर्जा कम्पनीहरूको स्वतन्त्र सञ्चालक समितिमा छन् ।

चिनाबारे जानकार रहेको, चीनमा पढेको उल्लेख गर्दै साम्सद चौलागाईंले प्राथमिकता के हो भनेर सोधेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?