+
+
Shares

एमालेले प्रस्तावित राजदूतसँग खोज्यो नेपाली महिला बिहेपछि चीनमा अलपत्र पर्ने समस्या समाधानको उपाय

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले उपनेता पद्मा अर्यालले चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मासँग नेपाली चेली बिहे गरेर चीन लगेपछि अलपत्र पर्ने समस्या समाधानबारे जवाफ मागिन् ।
  • उनले शर्माको सुनुवाइका क्रममा पोखरा र भैरहवा विमानस्थल सञ्चालनबारे पनि प्रश्न उठाइन् ।
  • अर्यालले चीनसँगको नाका सञ्चालनबारे पनि योजना मागिन् ।

२६ असोज, काठमाडौं । नेकपा एमालेले चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मासँग नेपाली महिला बिहे गरेर चीन जाने र अलपत्र पर्ने समस्या समाधानको उपाय खोजेको छ ।

शर्माको सुनुवाइ जारी छ । सांसदहरुले प्रश्न र सुझाव राखेका छन् ।

यसक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भनिन्, “बिहे गर्ने नाममा नेपाली चेली लैजाने, त्यसपछि चीनमा अलपत्र पर्ने कुरा छ ।’

यस विषयमा उनले प्रस्तावित राजदूत शर्मासँग जवाफ माग गरिन् ।

साथै उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको विषय उठाइन् । चीन सँगको नाका सञ्चालनको विषयमा पनि योजना माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?