+
+
Shares

बाढी प्रभावितलाई सामसङका फोन र अन्य उपकरणमा निःशुल्क मर्मत

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि अक्टोबर २ देखि नोभेम्बर २ सम्म विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ।
  • अभियानअन्तर्गत बाढीबाट क्षति पुगेका योग्य मोबाइल, ट्याब्लेट र घरायसी उपकरणको मर्मत तथा नयाँ सामानमा शतप्रतिशतसम्म छुट र सहयोग उपलब्ध गराइनेछ।
  • नारायणघाट र काठमाडौंको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा सेवा शिविर चलेका छन्, र घरायसी उपकरणका लागि घरमै पुगेर सेवा दिने व्यवस्था गरिएको छ।

२६ असोज, काठमाडौं । सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ।

अभियानअन्तर्गत बाढीबाट क्षति पुगेका योग्य सामसङका मोबाइल फोन, ट्याब्लेट तथा घरायसी उपकरणको मर्मतमा शतप्रतिशतसम्म छुट र नयाँ सामान फेर्नुपर्ने अवस्थामा पनि शतप्रतिशतसम्म सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।

अक्टोबर २ देखि नोभेम्बर २ सम्म सञ्चालन हुने अभियानले बाढी प्रभावित परिवारलाई क्षतिग्रस्त उपकरण पुनः सञ्चालनमा ल्याउन तथा नयाँ सामान किन्नुपर्ने आर्थिक भार कम गर्न सहयोग पुर्‍याउनेछ।

अभियानअन्तर्गत नारायणघाट सर्भिस सेन्टर र काठमाडौंको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरमा विशेष सेवा शिविर सञ्चालन गरिएको छ। घरायसी उपकरणका लागि घरमै पुगेर सेवा दिने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।

यस अभियानमा योग्य स्मार्टफोन, ट्याब्लेट, फ्रिज, वासिङ मेसिन, टेलिभिजनलगायतका सामसङका उपकरण समावेश छन्। नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलगायत आसपासका जिल्लाका ग्राहकले यो सुविधा लिन सक्नेछन्।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार वारेन्टी अवधि बाँकी रहेका योग्य घरायसी तथा मोबाइल उपकरणको मर्मत र नयाँ सामान फेर्नुपर्ने अवस्थामा शतप्रतिशतसम्म छुट उपलब्ध हुनेछ। एकदेखि दुई वर्ष पुराना उपकरणमा ८० प्रतिशतसम्म तथा दुईदेखि पाँच वर्षभन्दा पुराना घरायसी उपकरणमा ७० प्रतिशतसम्म छुट दिइनेछ। मोबाइल उपकरणको हकमा दुईदेखि चार वर्ष पुरानामा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

नयाँ पार्टपूर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उपकरणको सिफारिस गरिएको खुद्रा मूल्यको ८० प्रतिशतभन्दा बढी खर्च लाग्ने देखिएमा मर्मतको सट्टा नयाँ उपकरण उपलब्ध गराउने विषयमा विचार गर्न सकिने कम्पनीले जनाएको छ।

योग्य स्मार्टफोन तथा ट्याब्लेट भएका ग्राहकले तोकिएका सेवा शिविरमा उपकरण ल्याएर जाँच तथा मर्मत सुविधा लिन सक्नेछन्। अभियानले बाढी प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक विद्युतीय उपकरणको प्रयोग पुनः सुरु गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?