+
+
Shares

‘गौंथली’ का निर्देशक डा. कपिल रिजाललाई अन्तर्राष्ट्रिय अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १७:५०

काठमाडौं । नेपाली फिल्म ‘गौथली’ का निर्देशक डा. कपिल रिजालले अन्तर्राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेका छन् । फ्रान्सको रेड मुभी अवार्ड्स २०२६ को अटुमन एडिसनमा उनी पुरुषतर्फ ‘बेस्ट डाइरेक्टर’ विधामा विजेता बनेका हुन् ।

रेड मुभी अवार्ड्सको आधिकारिक वेबसाइटमा प्रकाशित विजेता सूचीअनुसार डा. रिजालले फिल्म ‘गौथली’ का लागि उक्त अवार्ड प्राप्त गरेको उल्लेख छ ।

यस सफलतापछि डा. रिजाललाई परिवारका सदस्य, शुभचिन्तक तथा फिल्मप्रेमीहरूले बधाई तथा शुभकामना दिएका छन् । ‘गौथली’ का लागि प्राप्त यो अवार्डले निर्देशक रिजालको सिर्जनात्मक कामलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?