News Summary
Generated by OK AI. Editorially reviewed.- गरिमा विकास बैंकको बीसौं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
- साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात र अन्य वित्तीय विवरण पारित गरेको छ।
- १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख पुग्नेछ।
२६ असोज, काठमाडौं । गरिमा विकास बैंकको बीसौं वार्षिक साधारणसभा सोमबार पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ ।
उक्त साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त साधारणसभाबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित भएका छन् ।
त्यस्तै आ.व.२०८३/८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव स्वीकृत भएको छ ।
हाल विकास बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर वितरण पश्चात चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख पुग्नेछ ।
प्रतिक्रिया 4