News Summary
Generated by OK AI. Editorially reviewed.- भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ४ हजार ७ सय ४८ नयाँ एक्जिम कोड दर्ता भएका छन् र २९ हजार ७ सय १५ खारेज भएका छन् ।
- सोही आवमा ५२ हजार ३० एक्जिम कोड नवीकरण भएका छन्, जसले वैदेशिक व्यापारमा संलग्न फर्म तथा कम्पनीमा कटौती देखाउँछ ।
- भन्सार एजेन्टका २६ लाइसेन्स खारेज भएका छन् भने ३ सय ४२ नवीकरण भएका छन्, र १५ नयाँ बन्डेड वेयरहाउस दर्ता भएका छन् ।
२६ असोज, काठमाडौं । निकासी तथा पैठारी गर्ने कम्पनी तथा फर्मले अनिवार्य लिनुपर्ने निकासी पैठारी संकेत नम्बर (एक्जिम) कोड नयाँ दर्ताभन्दा खारेज बढी भएका छन् ।
यसले वैदेशिक व्यापारमा संलग्न फर्म तथा कम्पनी व्यापक कटौती भएको संकेत भन्सार विभागको तथ्यांकले गरेको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नयाँ दर्ता एक्जिम कोड ४ हजार ७ सय ४८ छ । यस आवमा एक्जिम कोड नवीकरण ५२ हजार ३० वटा छन् । यस आवमा खारेजी एक्जिम कोड संख्या भने २९ हजार ७ सय १५ छ ।
सरकारले २०७६/७७ देखि एक्जिम कोड अनिवार्य गरेको थियो । अहिले एक्जिम कोड अनलाइनबाटै नयाँ दर्ता र नवीकरण गर्न सकिन्छ ।
एक वर्षमा भन्सार एजेन्ट लाइसेन्स समेत २६ जनाको खारेजी भएको छ । यस आवमा ३ सय ४२ भन्सार एजेन्ट नवीकरण भएका छन् । गत आव नवीकरण भई कायम ६ सय ६७ भन्सार एजेन्ट रहेको विभागको तथ्यांक छ ।
गत आवमा ९१ बन्डेड वेयरहाउस नवीकरण भई कायम भएका छन् । २०८२/८३ मा १५ बन्डेड वेयरहाउस नयाँ दर्ता भएका छन् । त्यस अवधिमा १ सय ४४ नवीकरण भएका छन् ।
प्रतिक्रिया 4