फाइल तस्वीर
२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति खुलातर्फको केन्द्रीय सदस्य पदमा तीर्थ लामाले अग्रता लिएका छन् ।
पछिल्लो मतगणना सूचीअनुसार लामाले १ हजार ५६५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका डा. प्रेमध्वज लामाले ९२३ मत पाएका छन् भने ई. अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन्।
त्यस्तै, कर्मा छिरिङ शेर्पाले ८७८ मत प्राप्त गरेका छन्। टेकप्रसाद गुरुङले ७६९, भिम श्रीस मगरले ७११, रामकृष्ण चित्रकार ७०४ र बुद्ध लामा ७०१ मत पाएका छन्।
मतगणना विवरणअनुसार अमृत गुरुङ र गेल्जे लामा (शेर्पा) ले समान ६२९ मत प्राप्त गरेका छन्। सुशील गुरुङले ५७९, छन्दबहादुर पहराई मगरले ५४२, श्यामलाल श्रेष्ठले ४९७ मत पाएका छन्।
आदिवासी जनजाति खुलातर्फको केन्द्रीय सदस्य पदमा ४१ जना उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4