News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले रास्वपा सांसद खगेन्द्र सुनारमाथि सार्वजनिक अडियोका आधारमा तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन्।
- आचार्यले सरकारले र सम्बन्धित निकायले निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्ने र आरोप प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन्।
- उनले आरोपको निष्पक्ष छानबिन र पीडित भनिएकी महिलाको सुरक्षा सुनिश्चित गर्नुपर्ने पनि लेखेका छन्।
२७ असोज, काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले रास्वपा सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न सरकारसँग माग राखेका छन् ।
सामाजिक सञ्जाल मार्फत आचार्यले सार्वजनिक अडियो गम्भीर भएकाले सरकारले तत्काल छानबीन थाल्नुपर्ने माग राखेका छन् ।
‘रास्वपाको छानबिन आफ्नो ठाउँमा छ, तर सरकारले र सम्बन्धित राज्यका निकायले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्छ,’ उनले लेखेका छन् ।
आरोप प्रमाणित भए पद, पार्टी र पहुँच नहेरी कानुन अनुसार कारबाही हुनुपर्ने माग पनि उनको छ । ‘आरोपको निष्पक्ष छानबिन हुनुपर्छ र पीडित भनिएकी महिलाको सुरक्षा सुनिश्चित गरिनुपर्छ,’ आचार्यले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4