+
+
Shares

हालसम्म १३ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूचीकृत १३ हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि ५ देखि २४ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।
  • अधिकांश हाइड्रोपावर कम्पनीले नगदभन्दा बोनस सेयरलाई प्राथमिकता दिएका छन् ।
  • बुक क्लोज भइसकेका ७ कम्पनीको सेयर खरिदमा यो वर्ष लाभांश पाइने छैन ।

२७ असोज, काठमाडौं । हालसम्म सूचीकृत १३ हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् ।

कम्पनीहरूले नगद वा बोनस सेयर वा दुबै लाभांश घोषणा गर्न सक्छन् । अधिकांश जलविद्युत् कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । १ प्रतिशत वा सोभन्दा कम नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ । हाइड्रोपावर कम्पनीले सेयरधनीलाई ५ देखि २४ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।

कम्पनीहरूले घोषणा गरेको लाभांश पाउनका लागि ‘बुक क्लोज’भन्दा अघिल्लो दिनसम्म सेयर होल्ड वा खरिद भएको हुनुपर्छ । बुक क्लोज भइसकेका कम्पनीको सेयर खरिद गर्दा भने यो वर्ष लाभांश पाइने छैन । लाभांश घोषणा गरेकामध्ये ७ कम्पनीको बुक क्लोज सम्पन्न भइसकेको छ । यी ७ कम्पनीको सेयर खरिदमा यो वर्ष लाभांश पाइने छैन ।

कम्पनीहरुले घोषणा गरेको लाभांश साधारणसभाबाट स्वीकृत भएपश्चात नगद लाभांश बैंक खातामा जम्मा हुने गरेको छ । त्यस्तै बोनस सेयरका हकमा भने बोर्डमा दर्ता गर्ने, नेप्सेमा सूचीकृत गर्ने लगायत प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही अतिरिक्त समय लाग्ने गरेको छ ।

कुन हाइड्रोपावर कम्पनीको लाभांश कति ?

कम्पनी बोनस सेयर नगद लाभांश बुक क्लोज
माउन्टेन इनर्जी २० १.०५ कात्तिक १०
बरुण हाइड्रोपावर ४.७५ ०.२५ कात्तिक ११
कुथेली बुखरी स्मल १८ ०.९४ घोषणा बाँकी
सिक्लेस हाइड्रोपावर १२.७० ०.६७ घोषणा बाँकी
रिजलाइन इनर्जी १०.५३ सम्पन्न
सानिमा मिडिल तमोर ५.२६ सम्पन्न
मिड सोलु हाइड्रोपावर १५ ०.७८ घोषणा बाँकी
विकास हाइड्रोपावर १० ०.५२ सम्पन्न
स्नो रिभर्स १० ०.५२ सम्पन्न
अरुणभ्याली हाइड्रोपावर ५ ०.२६ सम्पन्न
युनाइटेड इदी मर्दी ५ ०.२६ घोषणा बाँकी
सुपर मादी १५ ०.७८९ सम्पन्न
मान्डु हाइड्रोपावर १२ १२ सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?