+
+
Shares

भोटेकोशी बाढीमा सम्पर्कविहीन प्राधिकरण कर्मचारीका परिवारलाई राहत रकम वितरण सुरु

प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीपछि सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका ४७ कर्मचारीमध्ये ६ जनाका परिवारलाई तत्काल राहत रकम प्रदान गरिएको छ।
  • प्राधिकरणले सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म सुरु तलबको आधा रकम दिने निर्णय गरेको छ।
  • राहत पाउन बाँकी हकवालालाई नाता प्रमाणपत्र, नागरिकता, जन्मदर्ता, स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र निवेदनसहित प्राधिकरणमा आउन आग्रह गरिएको छ।

२७ असोज, काठमाडौं । १० भदौमा भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम प्रदान गर्न थालिएको छ ।

बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ कर्मचारी सम्पर्कविहीन भएका थिए । तीमध्ये ६ जनाको परिवारलाई तत्कालका लागि राहत प्रदान गरिएको हो । सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु तलबको आधा रकम उपलब्ध गराउने प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना कर्मचारीका हकवालाले राहत रकम प्राप्त गरेको प्राधिकरणले जनाएको छ । राहत पाउन बाँकी अन्य हकवालालाई आवश्यक कागजात सहित प्राधिकरणमा निवेदन दिन आग्रह समेत गरिएको छ ।

प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्ने छ ।

साथै, आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदन समेत बुझाउनुपर्ने छ ।

प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार आगामी दिनमा अन्य सहयोग हुने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?