२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार सहमहामन्त्री (खुला)मा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् ।
खतिवडा दुई हजार ९१० र शिवाकोटी दुई हजार १७३ मतसहित सहमहामन्त्रीमा विजयी भएका हुन् ।
तेस्रो भएका डिल्लीराम सुवेदीले एक हजार ८५२ मत पाएका छन् । उनी गण्डकी प्रदेशका सांसद हुन् ।
पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले एक हजार ३८१, राजिव ढुंगानाले एक हजार २३२, विकास कोइरालाले एक हजार १४४ मत ल्याएका छन् ।
यस्तै अमृतकुमार अर्यालले ८२१, रमेश धमलाले ७८० र विमल क्षेत्रीले २८३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सहमहामन्त्री (खुलातर्फ) मा सर्वाधिक मतसहित विजयी भएका नेता खतिवडा २ असोजमा देउवा समूह छाडेर मूलधारमा फर्किएका थिए ।
देउवा समूह छाडेर पछिल्लो समय मूलधारमा फर्किएका नेताहरूमध्ये अहिलेसम्म दुई जना नेतामात्रै पदाधिकारीमा निर्वाचित भएका छन् ।
खतिवडाभन्दा अघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4