+
+
Shares

मधेशी खुला केन्द्रीय सदस्यमा अनिल रुंगटाको अग्रता कायमै, रामकृष्ण यादव दोस्रो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते ११:३६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मधेशी खुला पुरुषतर्फको केन्द्रीय कार्यसमिति सदस्य मतगणनामा अनिल रुंगटाले २ हजार १५५ मतसहित अग्रता कायमै राखेका छन् ।
  • मिडिया सेन्टरका अनुसार अहिलेसम्म ३ हजार ९०० मत गणना हुँदा रामकृष्ण यादवले १ हजार ७३८ र डा. गरिबदास ठाकुरले १ हजार ७३६ मत पाएका छन् ।
  • मधेशी खुला पुरुषतर्फबाट केन्द्रीय सदस्यका ३ जना छानिने व्यवस्था छ ।

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेशी खुला पुरुषतर्फको जारी मत गणनामा अनिल रुंगटाले अग्रता कायमै राखेका छन् ।

मिडिया सेन्टरले उपलब्ध गराएको जारी गणनाको मत परिणामअनुसार रुंगटाले दुई हजार १५५ मत प्राप्त गरेका छन् । अहिलेसम्म तीन हजार ९०० मत गणना भएको छ ।

नेता रामकृष्ण यादवले एक हजार ७३८ मतसहित दोस्रो र डा. गरिबदास ठाकुर एक हजार ७३६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै, दिनेश यादवले एक हजार ५७८, जितेन्द्र देवले एक हजार ५३६, अशर्फी साहले एक हजार ५१४, अशोककुमार शाहले एक हजार ३३९, उमेशचन्द्र यादवले एक हजार ३००, मिथलेश मिश्राले एक हजार १६९ र जंगिलाल रायले एक हजार ८४ मत प्राप्त गरेका छन् ।

यसैगरी, परमेश्वर साहले एक हजार ७०, श्रीप्रसाद राउतले ८१२ र लालबहादुर राउतले ७९६ मत पाएका छन् ।

मधेशी खुला पुरुषतर्फबाट तीन जना केन्द्रीय सदस्य छानिने व्यवस्था छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?