+
+
Shares

बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरका खानामा ५० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलले चाडपर्व लक्षित गर्दै तीन डाइनिङ आउटलेटमा ५० प्रतिशत छुट दिने भएको छ।
  • यो छुट प्रत्येक मंगलबार र बुधबार नोभेम्बर ३० सम्म सिट्रस क्याफे, रिपब्लिक अफ नुडल्स र स्लाउन्जमा लागू हुनेछ।
  • होटलले सिट्रसमा मल्टिकुजिन मेनु, रिपब्लिक अफ नुडल्समा प्यान एसियन परिकार र स्लाउन्जमा काठमाडौं उपत्यकाको दृश्यसहित ककटेल तथा स्न्याक्स उपलब्ध गराउने जनाएको छ。

१० कात्तिक, काठमाडौं । बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलले चाडपर्वलाई लक्षित गर्दै आफ्ना तीन वटा डाइनिङ आउटलेटका खानामा ५० प्रतिशत छुट दिने भएको छ।

होटलले प्रत्येक मंगलबार र बुधबार उपलब्ध गराउने उक्त छुट आगामी नोभेम्बर ३० सम्म लागु हुने जनाएको छ।

यो अफर सिट्रस क्याफे, रिपब्लिक अफ नुडल्स र स्लाउन्जमा उपलब्ध हुनेछ। सिट्रसमा भारतीय, नेपाली तथा कन्टिनेन्टल परिकारका साथै रेस्टुरेन्टका विशेष इनहाउस डेजर्टसहितको विविधतापूर्ण मल्टिकुजिन मेनु उपलब्ध छ।

एसियन खानाका पारखीहरूका लागि रिपब्लिक अफ नुडल्सले भियतनाम, थाइल्यान्ड, जापान र चीनजस्ता देशहरूको खानपान परम्पराबाट प्रेरित विभिन्न प्यान एसियन परिकारहरू प्रस्तुत गर्दछ।

होटलको विविध डाइनिङ अनुभवलाई थप समृद्ध बनाउँदै, रूफटप बार स्लाउन्जले काठमाडौं उपत्यकाको मनोरम दृश्यसहित आरामदायी वातावरण प्रदान गर्दछ। यहाँ पाहुनाहरूले विभिन्न ककटेल तथा स्न्याक्सको स्वाद लिँदै रमणीय वातावरणको आनन्द लिन सक्नेछन् ।

बुढानीलकण्ठमा अवस्थित लेमन ट्री प्रिमियरले शहरको भीडभाडबाट केही टाढा रहेर पनि सहज पहुँचसहित खानपानको सुविधा उपलब्ध गराउँदै आएको छ। चाडपर्वका अवसरमा ल्याइएको छुट योजनाले पाहुनालाई गुणस्तरीय खानपानको अनुभव लिन सहज बनाउने होटलको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?