+

वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग

२०८३ कात्तिक  ११ गते ११:२४ २०८३ कात्तिक ११ गते ११:२४
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेप्लीज डक्टर्स एसोसिएसन युकेले रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा चारवटा स्वास्थ्य संस्थालाई ल्याप्रोस्कोपिक इन्डोट्रेनर हस्तान्तरण गरेको छ।

११ कार्तिक, काठमाडौं । नेप्लीज डक्टर्स एसोसिएसन युके (एनडीए युके) ले नेपालका चारवटा स्वास्थ्य संस्थालाई शल्यक्रियाको सीप सिकाउने उपकरण ‘ल्याप्रोस्कोपिक इन्डोट्रेनर’ हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा उपकरण प्रदान गरिएको हो ।

यस उपकरण पाउनेमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान र लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल रहेका छन् ।

मंगलबार वीर अस्पतालमा एक समारोह आयोजना गरी उपकरण हस्तान्तरण गरिएको हो । हस्तान्तरण समारोहमा न्याम्सका उपकुलपति प्रा.डा. विवेक आचार्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेयाङवो र अन्य दुई संस्थामा प्रतिनिधिको उपस्थिति थियो ।

युकेबाट आएका एनडीए युकेका उपाध्यक्ष डा. आशिषकिरण श्रेष्ठ, महासचिव डा. पारुल श्रेष्ठ सहित एनडीए युकेका पूर्वअध्यक्ष प्रा.डा. फौदराज थेवे, डा. प्रदीप बस्न्यात लगायतको पनि कार्यक्रममा उपस्थिति थियो ।

सहयोग गरिएको उपकरण कस्तो हो ?

ल्याप्रोस्कोपिक शल्यक्रिया आधुनिक चिकित्सा प्रविधिमा आधारित शल्यक्रिया पद्धति हो । यसमा साना प्वाल तथा चिरामार्फत विशेष उपकरण प्रयोग गरी शल्यक्रिया गरिन्छ । यस्तो प्रविधिमा दक्षता हासिल गर्न चिकित्सकले नियमित अभ्यास, हातको सफाई, उपकरण सञ्चालन र प्राविधिक सीप विकास गर्न आवश्यक हुन्छ।

इन्डोट्रेनरले चिकित्सकलाई वास्तविक शल्यक्रियामा संलग्न हुनुअघि नियन्त्रित वातावरणमा अभ्यास गर्ने अवसर प्रदान गर्ने बताइएको छ । यसबाट चिकित्सकहरूको हातको सीप, उपकरण सञ्चालन क्षमता तथा व्यावहारिक दक्षता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको न्याम्सका उपकुलपति प्रा.डा. आचार्यले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. मेयाङ्वोले प्राप्त उपकरणहरुको प्रभावकारी उपयोग गरी शल्यक्रिया तालिमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे ।

एनडीए युकेका पूर्व अध्यक्ष डा. थेवेले चिकित्सकहरूको सीप अभिवृद्धिमार्फत बिरामीले सुरक्षित, प्रभावकारी र गुणस्तरीय उपचार सेवा प्राप्त गर्न सकून् भन्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

रोटरी क्लव अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की तथा प्रा.डा. मनोहरलाल श्रेष्ठसहित सरोकारवाला संस्थाका प्रतिनिधि तथा सदस्यहरूको समेत सहभागिता थियो ।

रोटरी क्लब अफ काष्ठमण्डप र एनडीए यूकेबीच एक दशकभन्दा लामो समयदेखि सहकार्य हुँदै आएको बताए ।

ल्याप्रोस्कोपिक इन्डोट्रेनर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय