+
+
Shares

खेल हेर्न त्रिवि मैदान पुगे दर्शक, हिलोले सास्ती (तस्वीरहरू)

त्रिवि मैदानमा दर्शकहरू पनि पुग्न थालेका छन् । मैदानमा खेल हेर्न पुगेका दर्शकहरू हिलोका कारण समस्यामा परेका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ कात्तिक १४ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झरि रोकिएपछि त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच साँझ ५ बजे तय खेल सुरु गर्न मैदान सुकाउने काम भइरहेको छ।
  • मैदान हिलो हुँदा खेल हेर्न पुगेका दर्शकहरू सास्तीमा परेका छन्।
  • यसअघि दिउँसो १२ बजे तय लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले एक/एक अंक बाँडेका थिए।

१४ कात्तिक, काठमाडौं । झरि पर्न रोकिएसँग नेपाल प्रिमियर लिग (एनपीएल) का रोकिएका खेल सुरु गर्ने तयारी अघि बढाइएको छ ।

साँझ ५ बजेका लागि तय भएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल सुरु गर्नका लागि मैदान सुकाउने काम भइरहेको हो ।

यसैबीच त्रिवि मैदानमा दर्शकहरू पनि पुग्न थालेका छन् । मैदानमा खेल हेर्न पुगेका दर्शकहरू हिलोका कारण समस्यामा परेका छन् ।

खेल हेर्नका लागि पुगेका दर्शकहरू सास्तीमा परेका हुन् ।

यद्यपि खेल हुने वा नहुने निश्चित भइसकेको छैन । यसअघि आज दिउँसो १२ बजेका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाले प्रभावित भएपछि रद्द गरिएको थियो ।

क्यानका अनुसार, दुवै टोलीले एक/एक अंक बाँडेका थिए ।

थप तस्वीरहरू–

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?