+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

शिवानी सिंह थारुले काटेकी थिइन् टुल्केको स्क्रिप्ट

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते १०:४०

Talakjung-vs-Tulke-Nepali-Film
काठमाडौं । ‘टलकजंग भर्सेज टुल्के’ को स्क्रिप्ट लेखिभ्याएपछि  खगेन्द्र लामिाछानेलाई लाग्यो-  स्क्रिप्ट अलि लामो भयो । लेखक मात्रै नभएर चलचित्रको मुख्य पात्रसमेत आफैं भएकाले आफैंले लेखेको स्क्रिप्ट छोट्याउन अप्ठयारो भयो । हरेक दृष्य र संवाद दोहोर्‍याई तेहर्‍याइ पढे । लाग्यो- सबै राम्रो छ, कुन फाल्ने ?
त्यहि स्क्रिप्टमा फिल्म बन्न सम्भव थिएन । फोन डायल गरे शिबानी सिंह थारुलाई र गुहार मागे ‘मैले लेखेको स्क्रिप्टमा कैंची लगाउन सहयोग गर्नुपर्‍यो ।’ यहि आशयको कुरा गरेका थिए अर्का साथी प्रविन अधिकारीलाई पनि । दुबैले नाइ नास्ती गरेनन् ।
तीन जनाको टोली नगरकोटमा पुग्यो । शिबानी र प्रविनले खगेन्द्रलाई साक्षी राखेर कैंची चलाए । तीन दिन तीन रात नगरकोटको डाँडोमा बसेर कैंची चलाएपछि स्त्रिmप्ट पूर्ण भयो । ‘म आफै पनि अभिनय गर्ने भएकाले काटन सकिन काँटछाँटका लागि गुहार माँगें ।’ खगेन्द्रले भने ।
नियमित जागीर, बेला-बेलामा नाटक लेखन र अभिनय गर्नुपर्ने । लेखपढ सम्बन्धि काठमाडौ र पोखरामा हुने छलफल, गोष्ठी र चिया गफमा समेत सहभागी हुनुपर्ने वाध्यता । यहि कारण फिल्म टुल्केको स्क्रिप्ट लेख्ने समय बेलुकीलाई छुट्याएका थिए उनले । ‘लगभग ३ वर्ष लाग्यो यो स्क्रिप्ट पूरा गर्न ।’- खगेन्द्र भन्छन्-‘स्क्रिप्ट नै लेख्ने भनेर समय छुट्याएपछि त चार महिनामा लेखिसक्छु ।’
गर्भमै सिकेको भाषा
पोखरामै जन्मे हुर्केका खगेन्द्रलाई गण्डक क्षेत्रको जुन कुनो पुगे पनि आफ्नै आँगनमा उभिए जस्तो लाग्छ । त्यहि कारण होला आफ्ना हरेक लेखनमा आञ्चलिकलाई विषेश ख्याल गर्छन् ।
नाटक होस् या कथा गण्डक क्षेत्रको लबजलाई विषेश महत्व दिनुको कारण खुलाउँदै खगेन्द्र भन्छन- ‘आमाकै गर्भमा सिकेको भाषा भएर होला गण्डक क्षेत्रको लवज निकै मन पर्छ त्यसकारण त्यहि लवजलाई बिस्तार गर्ने योजनामा छु ।’
फिल्म प्रचारका लागि पोखरा पुगेका खगेन्द्रले अनलाइनखबरसँग कुरा गर्दै भने ‘आफ्नै ठाउँको लवज, भेषभुषा र शैली भएकाले होला पोखरेली दर्शकले औधी माया पनि गरे ।’
शनिवार दर्शकसँगै बसेर फिल्म हरेका खगेन्द्रसँग चिनजानका दर्शकहरुले ‘अटोग्राफ प्लीज मात्रै भनेनन्, भोली आमालाई लिएर फिल्म हेर्न आउँछु, साथीलाइ ल्याउँछु भन्नेहरु धेरै भेटिए ।
राम्रो स्क्रिप्ट भेटे अभिनय
उनी अभिनय गर्नकै लागि काठमाडौ आएका हुन् । टुल्केअघिसम्म थिएटरमा सिमित भएका खगेन्द्रलाई टुल्केले सिनेमा हलको पर्दामा स्थापित गरिदिएको छ । ‘राम्रो स्त्रिmप्ट पाए भने खेल्छु ।’ उनले भने ।
फिल्म निर्माणमा उनको आफ्नै टिम छ । त्यसकारण पनि समस्या हुन्न जस्तो लागेको छ उनलाई । त्यसमाथी टुल्केले राम्रै ‘हाइट’ दिएको छ । अचेल त टोलमा भेटिएका साना केटाकेटीले समेत बाटोमा जिस्क्याउन थालेका रहेछन – उ टुल्के आयो भन्दै । आफुलाई थिएटर भित्रको टुल्के भन्न चाहने खगेन्द्रलाई लाग्छ- नेपाली समाजमा धेरै टुल्केहरु छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?