News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर किंग्सका ओपनर लोकेश बमले टीयू मैदानमा जनकपुर बोल्ट्सविरुद्ध नेपाल प्रिमियर लिगमा दोस्रो अर्धशतक प्रहार गरे ।
- लोकेशले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।
- उनले दोस्रो विकेटका लागि इमरान शेखसँग १०७ रनको साझेदारी गरे, र शेखले पनि ५६ रन बनाए ।
१७ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका ओपनर लोकेश बमले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
टीयू मैदानमा भइरहेको वजनकपुर बोल्ट्सविरुद्धको खेलमा लोकेशले आफ्नो दोस्रो अर्धशतक बनाएका हुन् । उनले ३९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।
यसअघि कर्णाली याक्स विरुद्धको खेलमा लोकेशले ५२ बलमा ३ चौका र ९ छक्का मदतमा ८७ रन बनाएका थिए ।
ओपनर लोकेशले दोस्रो विकेटका लागि इमरान शेखसँग १०७ रनको साझेदारी गरेका थिए । इमरान शेखले पनि यस खेलमा अर्धशतक प्रहार गरेका थिए । शेखले ५६ रन बनाए ।
प्रतिक्रिया 4