+
+
Shares

सडक विभागका महानिर्देशक भन्छन्- जथाभावी बेलिब्रिज राख्नु घातक

‘हामीले बेलिब्रिज राख्न हतारिनु हुँदैन । धेरै ठाउँमा बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुन्छ । नत्र, बर्खायामको बाढीले संरचना बगाउने निश्चित छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १२:१५
सडक विभागका महानिर्देशक डा. विजय जैसी । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको जोखिम क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुने बताएका छन् ।
  • उनले धेरै ठाउँमा बेलिब्रिजभन्दा भएका पुलका एप्रोच सडक सुधार गर्नु दीर्घकालीन र सुरक्षित हुने भन्दै बर्खायाममा संरचना बग्न सक्ने बताए ।
  • उनले रसुवागढी नाकामा बेलिब्रिज निर्माण खर्चिलो र समय लाग्ने भएकाले बर्खाअघि हटाउनुपर्ने बाध्यताले थप आर्थिक भार र प्राविधिक जटिलता आउने बताए ।

२० कात्तिक, काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको जोखिम क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुने बताएका छन् ।

‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा उनले सो कुरा बताएका हुन् ।

बेलिब्रिज निर्माण र व्यवस्थापनका प्राविधिक कठिनाइबारे जानकारी गराउँदै उनले भने, ‘हामीले बेलिब्रिज राख्न हतारिनु हुँदैन । धेरै ठाउँमा बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुन्छ । नत्र, बर्खायामको बाढीले संरचना बगाउने निश्चित छ ।’

महानिर्देशक जैसीकाअनुसार बेलिब्रिज निर्माण गर्दा आवश्यक पर्ने बलियो फाउण्डेसन र त्यसको सुरक्षाका लागि उच्च प्राविधिक सतर्कता अपनाउनुपर्ने हुन्छ ।

रसुवागढी नाकाको उदाहरण दिँदै बेलिब्रिज निर्माणका लागि ठूलो खर्च र लामो समय लाग्ने औँल्याए । साथै, बर्खा लाग्नुपूर्व नै त्यस्ता अस्थायी संरचना हटाउनुपर्ने बाध्यात्मक अवस्था रहेकाले यसले थप आर्थिक भार र प्राविधिक जटिलता निम्त्याउने उनले तर्क गरे ।

विभागले नियमविपरीत र बजेटको सुनिश्चितता नहुँदा पनि आपत्कालीन अवस्थामा काम गरिरहेको उनले बताए ।

डा. जैशीले भने, ‘हामीले मालढुङ्गा र आरुघाट पुलको समस्या पनि बजेट अभावकै बीच समाधान गरेका हौँ । तर अहिले बेलिब्रिज राख्ने निर्णय गर्दा आउन सक्ने सम्भावित विपद्को जिम्मेवारी लिनुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?