+
+
Shares

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १३:५२

२१ कात्तिक, काठमाडौं । मानवअधिकारवादी नेता, शान्ति, मातृभाषा अभियन्ता तथा साहित्यकार पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइएको छ ।

दिवसका अवसरमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले शनिबार शङ्खधर साख्वा स्मृति पार्क, रत्नपार्कमा कार्यक्रममा आयोजना गरेको कार्यक्रममा उनको शालिकमा माल्यार्पण गरिएको हो ।

कार्यक्रमका सहभागीहरुले मानवअधिकार लगाएत नेपाल भाषा र संस्कृतिमा तुलाधरले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव अधिकारको क्षेत्रमा तुलाधरले गर्नुभएको योगदानको सम्मान गर्नुपर्ने र उनले देखाएको बाटोमा हिंड्नुपर्ने बताए ।

त्यस्तै, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राष्ट्रका लागि एकजुट भएर शान्ति प्रक्रियामा अघि बढ्नुपर्छ भन्ने तुलाधरको सन्देश अहिले पनि महत्त्वपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?