+
+
Shares

प्रचण्डको टिप्पणी– सरकारका काम हिन्दी जासुसी फिल्मजस्तो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १४:३२

२१ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तो भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हिन्दी जासुसी फिल्ममा हुँदै नभएको र हुँदै नहुने काम देखाउने गरेको स्मरण गर्दै सरकारका कामहरू पनि त्यस्तै हुँदै गएको टिप्पणी गरे ।

‘सरकारका कामकारबाही हेर्दा हिन्दी जासुसी फिल्म हेर्दा देख्नुभएको होला, हुँदै नहुने कामहरू भएको देखाउँछ नि त्यस्तै छ सरकारको कामकारबाही,’ उनले भने, ‘कतिबेला कुन पत्रकार समाइने हो, कुनमाथि हमला हुने हो, कुन नोकरशाही कर्मचारीतन्त्रमाथि के हुने हो, नेतामाथि के हुने हो, कता के हुने हो भन्ने कुराको टुंगो केही पनि छैन । आफैं आफैं यस्तो अवस्था सिर्जना भएको छ ।’

उनले पुराना दलहरूमाथि अहिलेको सत्ता र नयाँ पुस्ताले नकारात्मक टिप्पणी गर्ने गरेकोप्रति आपत्ति जनाए ।

‘तिनीहरू भन्छन् फेरि यो गणतन्त्र ल्याउने, पूर्वाधार बनाउने, ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउनेहरूले केही पनि गरेनन्, यी बदमास हुन् अपराधी मात्रै हुन् भन्न खोजिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?