+
+
Shares

देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन

भव्य समारोहका बीच राष्ट्रिय सभा गृहमा शनिबार सुरु भएको जिल्ला अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गरेका हुन् । समारोहको उद्घाटनअघि बटुकहरूबाट स्वस्तिवाचन पनि गरिएको थियो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १५:१७

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन सुरु भएको छ

भव्य समारोहका बीच राष्ट्रिय सभा गृहमा शनिबार सुरु भएको जिल्ला अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गरेका हुन् । समारोहको उद्घाटनअघि बटुकहरूबाट स्वस्तिवाचन पनि गरिएको थियो ।

अधिवेशनको उद्घाटनअघि देउवा पक्षका नेताकार्यकर्ताले विभिन्न साँस्कृतिक झाँकीसहित र्‍याली निकालेका थिए ।

उद्घाटन सत्रमा देउवाबाहेक सो पक्षका १५ औं महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइराला, कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतको उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?