+
+
Shares

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते ७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोल पम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी लोकमार्गमा विपरीत दिशाबाट आएका ट्रक र मोटरसाइकल गएराति पौने १२ बजे ठोक्किएका थिए ।
  • मृतक दुवै जनाको पहिचान खुल्न बाँकी छ र फरार ट्रक चालकको खोजी भइरहेको छ ।

२२ कात्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोल पम्प नजिक गएराति ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४ ००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गए राति पौने १२ बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएको थियो । तर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको डीएसपी खड्काले बताए ।

उनका अनुसार मृतक दुवै जनाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

दुर्घटना पश्चात फरार रहेका ट्रक चालकको खोजी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?