+
+
Shares

इन्टरपोल महासभामा भाग लिन एआईजी शाहको टोली चीन प्रस्थान

प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको ९४ औं महासभामा भाग लिन एआईजी शिद्धी विक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एआईजी शिद्धी विक्रम शाह नेतृत्वको नेपाली टोली इन्टरपोलको ९४ औं महासभामा भाग लिन चीन प्रस्थान गरेको छ।
  • हङकङमा मंसिर १४ देखि १७ गतेसम्म हुने महासभामा अन्तर्राष्ट्रिय अपराध रोकथाम र इन्टरपोलका नीतिबारे छलफल हुनेछ।
  • टोलीले इन्टरपोलका अध्यक्ष र महासचिवसँग शिष्टाचार भेटघाट तथा कतार, भारत, जापानसहितका देशका प्रतिनिधिसँग द्विपक्षीय बैठक गर्नेछ।

१३ मंसिर, काठमाडौं । प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको ९४ औं महासभामा भाग लिन एआईजी शिद्धी विक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।

इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा मंसिर १४ गते देखि १७ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन शाह सँगै डीआईजी राजेन्द्र प्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक मित्र वन्धु शर्मा समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । साथै इन्टरपोलको ‘कमिसन फर द कन्ट्रोल अफ इन्टरपोल फाइल’ को विभिन्न रिक्त पदहरुमा समेत निर्वाचन हुनेछ ।

शाहको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया, यूएई र ओमनका प्रतिनिधिहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?