+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

साप्ताहिक सेयर समिक्षा : परिसूचक र कारोबार दुबै घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ६ गते १०:३५

nepse६ मंसिर काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६७ कम्पनी २५ लाख ४९ हजार कित्ता सेयर एक अर्ब १३ करोड १ लाख रुपैयाँमा किनबेच भएका छन् ।

यो गत साताको भन्दा ४.४ प्रतिशत कम हो । गत साता १ सय ६७ कम्पनीका २९ लाख ३७ हजार कित्ता सेयर एक अर्ब १८ करोड ३० लाख ८१ हजार रुपैयाँमा किनबेच भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.६६ अंकले घटेर अन्तिम दिन ८६२.५ अंकमा पुगेको छ ।

साताको पहिलो, दोस्रो र तेस्रो दिन लगातार घटेको नेप्से अन्तिम दुई दिनमा १८ अंकले सुधार आएको छ ।

यो साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रपावर अग्र स्थानमा रहेको छ । चिलिमेको १० करोड ५२ लाख ८० हजार रुपैयाँ कारोबार भयो । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख १६ हजार कित्ता) को आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा छ ।

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रहृयो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । साताभरमा कालिञ्चोक विकास बैंकको १० लाख कित्ता साधारणसेयर सूचिकत भएको छ ।

करोबार रकमका अाधारमा सातामा उत्कृष्ट पाँच कम्पनीहरू

क्र.सं. कम्पनीको नाम कारोबार रकम (रु. दशलाखमा)
चिलिमे हाइड्रोपावर कम्पनी 10.28
नेपाल लाइफ इन्स्योरेन्स 71.04
माछापुच्छ्रे बैंक 64.7
नेपाल बंगलादेश बैंक 49.77
सोल्टी होटल 49.07
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?