१२ मंसिर, काठमाडौं । नाइजेरियाको एडमावा राज्यमा भएको बम आक्रमणमा ५ सैनिक सहित २५ जनाको मृत्यु भएको छ ।
मुबी शहर नजिक सडक किनारमा राखिएको बम बिष्फोट भएको हो । मुबि शहरलाई सरकारले यसै महिनाको शुरुमा चरमपन्थी विद्रोही समुह बाकोहरामको कब्जाबाट दोस्रोपटक मुक्त गराएको थियो ।
तर पनि विष्फोट र आक्रमणमा कमी आएको छैन । बोकोहराम समुहले यसअघि उत्तरपश्चिम मैदुगरी शहरमा दुई आत्मघाति बम विष्फोट हुँदा ७८ जना मारिएका थिए ।
गत अपि्रल महिनामा बोकोहरामले २ सयभन्दा बढि स्कुले छात्राको अपहरण गरेपछि त्यसको विश्वभर विरोध भएको थियो ।
-एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4