+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बेहुली नलिइ फर्किए जन्ती

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २० गते १६:४२

२० मंसिर, मोरङ । मोरङको मोतीपुर-३ मा शुक्रबार हुन लागेको एउटा विवाह रोकिएको छ ।

स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत १७ वर्षीया किशोरीको विवाह रोकिएको हो । ती किशोरीकी पिताको मृत्यु भइसकेको र आर्थिक अवस्था अत्यन्त दयनीय रहेको अवस्थामा सुनसरी दुहवी सोनापुरका २० वर्षीय युवक वासुदेव झासँग गए राति विवाह हुने तय भएको थियो ।

स्थानीय बाल क्लब सञ्जालका सदस्यले दिएको सूचनाका आधारमा पुगेको प्रहरीसहित सरोकार भएकाहरुको समूहले बेहुलीको उमेर नपुगेको भन्दै विवाहमा रोक लगाएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?