+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

मनै लोभ्याउने हाम्रो ललितपुर (फोटो कथा)

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ३० गते १८:४०
Lalitpur (10)
पश्चिम ललितपुरको माल्टाको बागमती नदी किनारको एक बस्ती

३० पुस, ललितपुर । उपत्यकाका तीन जिल्लामध्ये एक हो ललितपुर । काठमाडौं उपत्यकाभित्र परे पनि ललितपुर विकट पहाडी जिल्लासमेत हो । ललितपुर ऐतिहासिक तथा सांस्कृतिक र पर्यटकीय महत्वका ठाउँहरुले गर्दा सुन्दर छ ।

ऐतिहासिक तथा सांस्कृतिक र पर्यटकीय महत्वले धनी यो जिल्ला काठमाडौ उपत्यका भित्रैपर्ने जिल्ला भएर पनि धेरै यस्ता ठाउँहरु छन्, जुन निकै विकट छ । राजधानी काठमाडौसँगको जिल्ला अनि उपत्यकाको उपमहानगरपालिका भएकैले सबै ठाउँमा विकास पुग्नुपर्ने हो । तर, सरोकारवालाहरुको आँखा नपुग्दा अति नै महत्वका ठाउँहरुसमेत ओझेलमा छन् ।

काठमाडौको खाल्डोलाई नियाल्न सकिने थुम्कोहरुदेखि सेताम्य फुलेका हिमाली श्रृंखलाहरुले अर्को मनोरम प्रदान गर्दछ ।

काठमाडौं उपत्यकाको पाटनमा रहेको कृष्ण मन्दिर जस्ता धार्मिक महत्वका प्रशिद्ध मठ मन्दिरहरुको चर्चा जति छ, त्यो भन्दा बढी महत्पूर्ण ठाउँहरुको पहिचान गर्न नसकिँदा ती ठाउँहरु ओझेलमा परेका छन् ।

जिल्लाको पश्चिमा पर्ने गोदावरी जिल्लाकै पर्यटकीय महत्वले जति महत्वपूर्ण त्यति नै अन्य ठाउँहरु छन्, जसलाई पर्यटन प्रवर्द्धनका लागि पहल गर्नु जरुरी देखिन्छ । पर्यटन प्रवर्द्धनका लागि गोदावरीमै हुनुपर्ने काम त भएका छैनन् । तर, पनि गोदावरीजस्ता अन्य सुन्दर ठाउँहरुलाई पर्यटन प्रवर्द्धनमा ध्यान दिनु आवश्यक हुने देखिन्छ ।

बज्रबारहीस्थित शेराफाँटमा काम गर्न पुगेका किसान
बज्रबारहीस्थित शेराफाँटमा काम गर्न पुगेका किसान

ललितपुरको लेलेबजार, भट्टेडाँडाका नामहरु छिटफुट मात्रामा सुनिने गरिन्छ । ती ठाउँहरुमा पर्यटन उन्मुख ठाउँ हुन् । बुखेल कतवन भञ्ज्याङ्गको बस्ती अनि नल्लु गाउँ, लेले बजार र लेले लप्सेका झुपडीहरु पर्यटकहरुका लागि आकर्षक गन्तब्य बन्न सक्छ ।

दक्षिणी ललितपुरको टंगुन इलाका, पश्चिमललितपुरको माल्टाको बागमती नदी किनारको एक बस्ती, लेले तिलेश्वर नजिकै रहेको टोल, मानिखेल गाँउ, ढुकुछापबाट बग्दै वागमती नदी, मध्यललितपुरको पर्यटकीयस्थल दलचोकी, नल्लुगाँउ मात्र होइन लेलेफाँटमा काम गर्दै किसानले साँच्चिकै पर्यटनको मन लोभ्याउने छ ।

यस्तै, ललितपुरको दुर्गम कालेश्वर नमन गाँउ, बुरुञ्चुलीको खानी क्षेत्रको जोखिमपूर्ण बस्ती, भारदेउसँगै रहेको गाँउ, भट्टेडाँडास्थित सातकन्या पनि आकर्षक बस्तीहरु हुन् ।

ललितपुरका यस्त थुप्रै ठाउँहरु छन्, जहाँबाट सुन्दर हिमश्रृंखलाहरु देख्न सकिन्छ, जसले पर्यटकहरुलाई आकषिर्त गर्नेछ । झ्यालुन्टारबाट देखिएको सेताम्य हिमाल, लेले लप्सेका झुपडी अनि पृष्ठभूमिमा देखिने गणेश हिमालको सबैको मन आकषिर्त गर्नेछ ।

छम्पीगाँउ र पृष्ठभूमिमा मनास्लु हिमालले कसको पो मन नरमाउला र ? त्यसैले सवैको आकर्षक गन्तब्य बन्न ओझेलमा परेका ललितपुरको यस्ता सुन्दर बस्तीहरुमा एक पटक तपाईँ पनि पुग्ने की ।

Lalitpur (1)
बुखेल कतवन भञ्ज्याङ्गको बस्ती
Lalitpur (2)
नल्लुगाउँ
Lalitpur (3)
झ्यालुन्टारबाट देखिएको हिमालय
Lalitpur (4)
एकाविहानै देखिने लेलेबजारको दृश्य
Lalitpur (5)
लेले लप्सेका झपडी र पृष्ठभूमिमा गणेश हिमाल
Lalitpur (6)
दक्षिण ललितपुरको टंगुन इलाका
Lalitpur (7)
छम्पीगाउँ र पृष्ठभूमिमा मनास्लु हिमाल
Lalitpur (8)
दक्षिणी क्षेत्रको झाक्रीडाँडा बस्ती
Lalitpur (9)
दलचोकीबाट देखिएको सानोभैसे
Lalitpur (11)
लेले तिलेश्वर नजिकै रहेको टोल
Lalitpur (12)
मानिखेल गाउँ
Lalitpur (13)
भट्टेडाँडाको भैंसेको तोरीबारी
Lalitpur (14)
ढुकुछापबाट बग्दै वागमती नदी
Lalitpur (16)
शंखु मेथुमगाउँको पहिरोग्रस्त क्षेत्र
Lalitpur (17)
नल्लुगाउँ
Lalitpur (18)
मध्यललितपुरको पर्यटकीयस्थल दलचोकी
Lalitpur (19)
लेलेफाँटमा काम गर्दै किसान
Lalitpur (20)
सुदूर ललितपुरको कालेश्वर नमन गाउँ
Lalitpur (21)
बुरुञ्चुलीको खानी क्षेत्रको जोखिमपूर्ण बस्ती
Lalitpur (22)
भारदेउसँगै रहेको गाउँ
Lalitpur (23)
भट्टेडाँडास्थित सातकन्या
Lalitpur (24)
सोचेबाट देखिएको पहाड

तस्वीर: अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?