
मुम्बई । आफ्ना पूर्व प्रेमी रणवीर कपुरसँग बिबाह नगर्न कट्रिना कैफलाई सल्लाह दिएर चर्चामा आएकी नायिका दीपिका पादुकोणले कपुरसँग बिबाह गर्ने इच्छा राखेकी छिन् ।
आफ्ना पूर्व प्रेमीसँग अरु कसैले रोमान्स गरेको सायद कुन महिलालाई मन पर्दैन् । त्यसले उनले रणवीरसँग बिबाह नगर्न सुझाव दिएकी थिइन् ।
रणवीर सिंहसंग रोमान्समा मस्त दीपिकालाई यतिबेला प्रेमीको अभाव छैन् । त्यसैले होला बिबाह नगर्न सुझाव दिएका एकसाताभित्रै उनको मन पग्लिएको छ ।
हालै एक अवार्ड कार्यक्रममा दीपिकालाई सोधियो- यदि तपाई कट्रिना कैफ हुनुभएको भए तपाईले नयाँ बर्ष योजना बनाउनुहुन्थ्यो ?
दीपिकाले कुनै ढिलाई नगरी भनिन- ‘मैले रणवीर कपुरसँग बिबाह गर्थैं ।’
कट्रिनाले इन्कार गरिन
यसैवीच कट्रिना कैफले भने रणवीरसँग आफ्नो मगनी भएको कुरा इन्कार गरेकी छिन् ।
बिभिन्न भारतीय संचारमाध्यमहरुले कैट र रणवीरले लण्डनमा इंगेजमेन्ट गरेको दावी गर्दै समाचार छापेका थिए । त्यसको केही दिनपछि कैटको हातमा औंठी देखिएको थियो, जुन रणवीरले लगाइदिएकेा बिश्वास गरिएको थियो ।
तर, त्यो औंठी मगनीको नभएको उनको प्रवक्ताले बताएका छन् । ‘लण्डनमा कट्रिनाको मगनी भएको छैन । यो अवफाव मात्रै हो ।’- उनको दावी छ ।
रणबीर र कट्रिनाले अहिलेसम्म पनि आफुहरुको सम्बन्ध रहेको अस्वीकार गर्दै आएका छन् । यतिसम्म कि उनीहरुले आफ्ना हितैषीहरुसँग पनि आफ्नो सम्बन्ध नरहेको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया 4