+
+

यसरी खोज्नुहोस् आफ्नै पुराना ट्वीट

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १४ गते ९:०५

twitter-searchयदि तपाइँले टि्वटरमा आफ्नो पूरानो टि्वटर हिस्ट्री तथा पूराना टि्वट्स पुनः हेर्ने प्रयास गर्नुभएको थियो भने तपाइँले अवश्य पनि अनुभव गर्नुभएको होला की हप्तौँ तथा वर्षौँ पूराना टि्वट्स खोजेर पाउनु त्यति सजिलो छैन ।
यद्यपि टि्वटरको पूरै आर्काइभ म्यानुअल्ली डाउनलोड गर्न सकिने भए पनि त्यसो गरेर हजारौँ टि्वट्लाई एकैठाउँमा हालेर कसरी हेर्ने भन्ने समस्या हुन्छ ।
तर, टि्वटरले हालै सुरु गरेको नयाँ सर्च अपडेटले भने यस्तो झण्झटलाई हटाइदिएको छ । यो सँगै टि्वटरमा आफ्नो पूरानो टि्वट खोज्न सजिलो तथा छिटो भएको छ ।
तपाइँले टि्वटरको नयाँ एडभान्स सर्चको माध्यमबाट सार्वजनिक रुपमा हेर्न सकिने अकाउण्टवाला जुनसुकै टि्वटर प्रयोगकर्ताको टि्वट हिस्ट्री हेर्न र आफुले चाहेको निजको टि्वट खोज्न समेत सकिन्छ ।

twitter-search1यसका लागि माथिको तस्विरमा देखाइएजस्तै from these accounts fields कोठामा आफुले खोज्न चाहेको टि्वटर ह्याण्डिल टाइप गर्नुहोस्, यसो गर्दा युजर नामको अगाडि रहेको २ संकेत लेखिरहनु पर्दैन ।
त्यसपछि आफुले खोजेको विषय तथा कुनै निश्चित विशेष विषयको खोजीका आधारमा अन्य कोठाहरुमा शव्दहरु टाइप गर्नुपर्ने हुन्छ । जस्तै यदि कुनै व्यक्ति वा घटनाका विषयमा पूरै टि्वट हेर्न चाहेको भए all of these words लेखिएको कोठामा गएर उक्त घटना वा व्यक्तिको नाम टाइप गर्ने ।
आफ्नो खोजीको टि्वटका विषयमा अझै ‘स्पेसिफिक’ हुन चाहनुहुन्छ वा ठ्याक्कै आफुले खोजेकी टि्वट एकै क्लिकमा पाउन चाहनुहुन्छ भने एडभान्स सर्चमा रहेका निश्चित मिति उल्लेख गर्ने कोठा, ह्यासट्याग, लगायतका जानकारी समेत प्रदान गर्न सकिन्छ । तपाइँले कुनै निश्चित मितिमा पठाएको टि्वट हेर्न चाहनुहुन्छ भने मिति उल्लेख गरेर खोज्न सक्नुहुन्छ ।
यतिमात्र होइन यदि लोकेसन इन्फर्मेसनलाई एक्टिभ गर्नुभएको छ भने तपाइँले टि्वट गरेको मिति बिर्सिएपछि कुन ठाउँमा गएको बेला टि्वट गर्नुभएको हो सोही लोकेसन टाइप गरेर खोजेको टि्वट पुनः हेर्न सक्नुहुन्छ । त्यस्तै रि टि्वट, विशेष प्रकारको टि्वट, सकारात्मक तथा नकारात्मक संकेत “:)” वा “:(” आदिको आधारमा पनि आफ्नो पूरानो टि्वट खोज्न सकिन्छ ।
यद्यपि टि्वटर सर्चका केही सिमाहरु छन् । डाइरेक्ट म्यासेज वा फेभराइट्सहरु यो विधिबाट खोज्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?