+
+

वरिष्ठ पत्रकार विनोद मेहताको निधन

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २४ गते १४:१६

vinod-mehta

२४ फागुन, काठमाडौं । भारतका वरिष्ठ पत्रकार एवं आउटलुकका संस्थापक सम्पादक विनोद मेहताको निधन भएको छ ।

७३ वर्षका मेहतालाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा भर्ना गरिएको थियो । समाचार एजेन्सी पीटीआईले एम्सका प्रवक्ता अमित गुप्तालाई उद्रृत बताए अनुुसार मेहताको विभिन्न अंगले काम गर्न छाडेको थियो । 

आउटलुक ग्रुपले फेसबुक र ट्वीटरमार्फत मेहताको निधनको पुष्टि गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेहताको निधनमा शोक व्यक्त गरेका छन् ।

१९४२ मा रावलपिण्डीमा जन्मिएका महताले डेबनेनेयर पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?