+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राजबल्लभको हलिउड फिल्म जेठमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ११ गते १०:५३

highway-to-dhampusकाठमाडौं । नेपाली नायक राजबल्लभ कोईरालाले अभिनय गरेको हलिउड फिल्म ‘हाईवे टु धुम्पुस’ जेठ २९ गते नेपाल रिलिज हुने भएको छ ।

काठमाडौ, पोखरा, हेटौंडा लगायत मुख्य शहरमा फिल्म रिलिज हुन लागेको जानकारी दिंदै नायक राजबल्लभले फिल्म प्रदर्शनका लागि नेपाल आउन लागेको बताए ।

‘फिल्म प्रदर्शनका लागि म नेपाल आउँदै छु ।’ अनलाइनखबरसंग कुरा गर्दै राजबल्भले भने ‘यो फिल्म राम्रो भयो भने अर्को फिल्म पनि गर्छु ।’

रिक म्याक फारल्याण्डको निर्देशन रहेको यस चलचित्रको सुटिङ धम्पुस्, पोखरा, काठमाडौ, अमेरिका, लगायतका स्थानमा गरिएको थियो ।

यस चलचित्रमा कोईरालाको अतिरिक्त रिचेल हर्डवुड, गार्नर राइट, सुएसा राणा, देशभक्त खनाल, सोफी म्याकसेरा, सुयुस गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

अमेरिकामा भएको केही राष्ट्रिय एवं अन्तराष्ट्रिय महोत्सबमा ‘हाईवे टु धम्पुस’ सहभागी भइसकेको छ । न्युयोर्कमा भएको सोहो इन्टरनेशन फिल्म फेष्टिवलमा यो फिल्म पनि सहभागी भएको छ । जुलाईमा हुने म्याडि्रड इन्टरनेशनल फिल्म फेष्टिवलमा पनि हाईवे टु धम्पुसको स्त्रिmनिङ हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?