+
+

सवारी दुर्घटनामा दुईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २६ गते ७:५३

२६ जेठ, नवलपरासी । नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सोमबार दुम्किबास र अरुणखोलबीचको जंगलमा ट्रक र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दिउँसो ४ बजे पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ना ५ ख २५ ४७ नम्बरको ट्रक र पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ३५ प ११३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार नवलपरासी नयाँ बेलहानी ७ निवासी १८ वर्षका गुञ्जन मल्ल र १९ वर्षका अर्जुन कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?