२८ साउन, काठमाडौं । मुलुकले आत्मबिश्वास गुमाइरहेको अबस्थामा उदाहरणीय काम गरेर युवालाई उत्प्रेरित गर्ने १० नेपाली युवालाई जगदम्बा स्टिलले नेपाली युवारत्न सम्मान प्रदान गरेको छ ।
‘नेपाली इज स्टिल स्ट्रोङ’ अर्थात नेपाल अझै बलियो छ भन्ने सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर बुधबार यी दश जना युवालाई सम्मान गरियो ।
देशभरबाट प्राप्त नोमिनेसनहरुका आधारमा निर्णायक मण्डलले यी दश युवालाई युवारत्न दिन सिफारिस गरेको थियो ।
युवारत्न सम्मान पाउनेमा डा. बिशाल ढकाल, ब्रबिमकुमार केसी, जिग्मे शेर्पा, निर्णय श्रेष्ठ, शेरबहादुर कुवँर, निशान्त श्रेष्ठ, डा. स्निधा मैनाली, शसस्त्र प्रहरीका निरिक्षक लक्ष्मणबहादुर बस्नेत, दीपेश खत्री र नेपाली सेनाका मेजर प्रेम हमाल रहेका छन् ।
दशरथ रंगशालामा आयोजित कार्यक्रममा उनीहरुलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र निर्णायक मण्डलका सदस्यहरुले सम्मान प्रदान गरेका थिए ।
जगदम्बा स्टिल नेपालको सवैभन्दा ठूलो छड उत्पादक कम्पनी हो ।
प्रतिक्रिया 4