+
+

हार्दिक पटेलको भन्दै पोष्ट गरिएको अश्लिल भिडियो भाइरल

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १५ गते ११:३५

unnamed
गूजरात सरकारको टाउकोदुखाई बनिरहेका युवा हार्दिक पटेलका विरोधीहरुले उनलाई बदनाम गर्न अनेक उपाय खोजिरहेका छन् । पछिल्लो समय एउटा भिडियो उनीहरुका लागि गतिलो मसला बनेको छ, जसमा हार्दिक पटेलजस्तै देखिने व्यक्ति अश्लिल क्रियाकलापमा संलग्न छन् ।

खोजिनारद नामको च्यानलबाट यूट्यूवमा यो भिडियो अपलोड भएको हो । भिडियोमा एक विदेशी युवतीलाई काखमा खेलाइरहेका व्यक्ति हार्दिक पटेल नै हुन् भन्ने विरोधीहरुको दावी छ । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘हार्दिक पटेल, जो गुजरामा पटेल आरक्षण आन्दोलनका नेता हुन् । यिनको कालो करतुत पनि हेरौं । तपाईं जिभ्रो टोक्नुहुनेछ ।’

भिडियोमा ‘हार्दिक पटेलसहित’ तीन जना युवक एक मंगोलियन अनुहारकी युवतीसित छिल्लिइरहेका देखिन्छन् । हार्दिक पटेल भनिएका व्यक्ति उत्तानो सुतेका छन् भने युवती उनको काखमा बसेर मच्चिइरहेकी छिन् । अरु दुई युवकले उनीहरुलाई हौसाइरहेका छन् ।

यद्यपि अधिकांस भारतीयहरु यी युवक हार्दिक पटेल भएको पत्याउन तयार छैनन् । हार्दिक पटेलसित अनुहार मिल्ने व्यक्तिको भिडियो दुरुपयोग गरिएको उनीहरुको दावी छ । केहिले भने हार्दिक पटेललाई तथानाम गाली गरेका छन् । यो भिडियोको विषयमा हार्दिकले अहिलेसम्म मुख खोलेका छैनन् । भारतीय सञ्चारमाध्यमहरुले पनि भिडियो हार्दिककै हो भन्ने पुष्टि हुन नसकेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?