राजधानीबाट शुक्रबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले एशियाली विकास बैंकले आर्थिक वृद्धि ५.५ प्रतिशत हुने भनी प्रक्षेपण गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकमा आर्थिक वृद्धि साढे ५ प्रतिशतभन्दा कम, पुँजी वृद्धिको पक्षमा अर्थमन्त्री, सम्झौता नहुँदा भुटानसँग ब्यापार न्यून, नयाँ नगरपालिकामा सामाजिक भत्ता बाँडिएन, टिकेन नेप्सेको सुधार, छैटौं भुटान अन्तर्राष्ट्रिय मेलाको तयारी पूरा लगायतका खबर छन् ।
अभियान दैनिकमा पुनर्निर्माण ५ वर्षमा सक्न एडीबीको जोड, सुदूरपश्चिम लोडसेडिङमुक्तः नौगडगाढबाट उत्पादन शुरु, कर्पोरेट ग्राहकका लागि एनसेलको नयाँ योजना, धनकुटामा ट्राफिक कार्यालयद्वारा ४५ लाख राजस्व संकलन, धनगढीका बैंकमा विहानी सेवा लगायतका खबर छन् ।
नागरिक दैनिकमा एडीबीको प्रक्षेपण आर्थिक वृद्धि ५.५ प्रतिशत, दुग्ध पदार्थमा भ्याट छुट बढाउन प्रस्ताव, निजी क्षेत्रबाट बन्दको विरोध, चुत्ता पुँजी वृद्धि योजनामा नेपाल राष्ट्र बैंक लचिलो लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा बढी कर तिर्ने १० कम्पनी, आर्थिक वृद्धिदर ५.५ प्रतिशतः एडीबी, पुँजी वृद्धिमा विवाद, संस्थानले दूध नकिन्दा किसान चिन्तित, २२ करोडको यार्सा अवैध निकासी लगायतका खबर छन् ।
नयाँ पत्रिकामा आर्थिक वृद्धिदर साढे पाँच प्रतिशतमा सीमित, पुँजी वृद्धिमा दलीय विभाजन, टेलिकमले सेवा विस्तारमा १९ अर्ब खर्चिने, दूध निर्यातको तयारी, पर्यटन पुनरुत्थानका लागि एनएमए र एनआरएनएबीच सहकार्य, सातामा तीन दिन घट्यो नेप्से लगायतका खबर छन् ।
शुक्रबारका दैनिक पत्रिकामा बिजनेस खबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
सम्बन्धित खवर
Advertisment