+
+

कतारमा संविधान घोषणाको खुसियाली

दोहा । ‘नेपालको संबिधान २०७२’ जारी भएको खुशीयालीमा कतारमा रहेका नेपालीहरुले पनि दीपावली गरेका छन् । संबिधानको घोषणासँगै देशविदेशमा रहेका नेपालीहरुले दीपालवी गर्दै खुशियाली मनाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १५:०५

घनश्याम पराजुली (कृष्ण)

दोहा । ‘नेपालको संबिधान २०७२’ जारी भएको खुशीयालीमा कतारमा रहेका नेपालीहरुले पनि दीपावली गरेका छन् । संबिधानको घोषणासँगै देशविदेशमा रहेका नेपालीहरुले दीपालवी गर्दै खुशियाली मनाइरहेका छन् । नेपालमा मात्रै नभई प्रवासमा रहेका नेपालीहरुलेसमेत संबिधान घोषणा भएको खुशीयालीमा दिपावली गरेका छन् ।

विभिन्न देशमा रहेका नेपालीहरुजस्तै कतारमा रहेका नेपालीहरुले पनि दीपावली गरी नयाँ संविधानको स्वागत गरे । संबिधान घोषणा भएको केही घण्टामा नै आईतवार चितवन यूवा समुह कतारले ‘नेपालको संबिधान २०७२’ स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

qatarराष्ट्रिय गान र व्यानर अनावरणसँगै उद्घाटन गरिएको कार्यक्रममा संबिधानको स्वागत स्वरुप नेपालको नक्सामा दिप प्रज्वलन गरियो । नेपाली जनताको बर्षौ देखीको चाहाना पुरा भई संबिधानले नयाँ जन्म दिएको भन्दै कार्यक्रममा केक काटेर खुशीयाली मनाइएको थियो ।

संक्रमणकालमा बैदेशिक रोजगारीका लागि कतार छिरेका युवाहरुले संविधानको घोषणासँगै मातृभूमि र्फकन पाउनेमा विश्वास व्यक्त गरे । आफ्नै देशमा दुःख सुख गरेर दुईछाक टार्ने अवस्था भएमा छिट्टै नेपाल र्फकने अभिव्यक्ति कार्यक्रममा सुन्न पाईयो ।

विजयराज अधिकारीले सन्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष समिर खत्रीले स्वागत मन्तव्य राख्दै देशले छिट्टै राजनीतीक र आर्थिक निकास पाउने आशा व्यक्त गरे ।

कार्यक्रम बोल्दै करिम बक्स मियाँले भने ‘देशमा कतै आगो बल्दै गर्दा कतै दियो बलेको छ । नेपाली जनताको ६५ बषर्ीय अनवरत चाहाना पुरा भएको छ । संबिधानका सबै धाराले गहन अध्ययन गर्ने हो भने सबै नेपालीलाई समेटेको छ । हामीले त्यसको संस्थागत रुपमा लागु हुने आशा गर्नुपर्छ । देश बनाउनका लागी हामी फर्किनेछौ तर अझै केही समय कुर्नपर्ने हुन्छ किनभने दक्षिणबाट केही हवाहुरी चलिरहेको छ।’

त्यस्तै कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले आ-आफ्नो धारणा राखेका थिए । संबिधान परिवर्तनशील भएको र नेताहरुले समयसापेक्ष सबैको सम्बोधन गर्ने प्रतिबद्धता गरिरहेको बताउदै सबैले यसको स्वागत र कार्यान्वयनका लागी दबाब दिनुपर्ने धारणा राखे । 

संबिधान घोषणाको खुसियालीमा भोजको समेत व्यवस्था रहेका कार्यक्रममा सभापति कार्कीले सम्पुर्ण नेपालीलाई बधाई दिदै छोटो समयमा आयोजना गरिएको खुसियाली कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

संविधानको खुशीयालीसँगै शर्माले उम्मेदवारी घोषणा गरे

चितवन युवा समुह कतारले आयोजना गरेको संबिधानको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा कतारमा व्यवसाय गर्दै आएका राजेन्द्रकुमार शर्माले एनआरएनए आईसीसीको आगामी कार्यकालको मध्यपुर्व संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । सोही दिन दोश्रो चरणको कार्यक्रम अन्तरगत पत्रकार सम्मेलन गरी उनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

rajendra sharmaएनआरएनएका मध्यपुर्व सह-संयोजक पूर्ण केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनए कतारको सल्लाहकार समेत रहेका शर्माले हिजोका दिनमा स्वविवेकले ‘नेपालीका लागी नेपाली’ भन्ने मुलमन्त्रलाई व्यवहारमा सावित गर्न व्यक्तिगत रुपमा भुमिका खेल्दै आएको बताए ।

उनले पत्रकार सम्मेलनमा १५ बँुदे घोषणा पत्र सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । आउदो अक्टोरमा हुने विश्व सम्मेलनबाट मध्यपुर्व संयोजकमा सर्वसम्मत तथा चुनावी प्रक्रियाबाट जिम्मेवारी सुम्पिएमा विगतमा संगालेको अनुभवलाई परिष्कृत गर्दै एनआरएनएको विश्वव्यापी अभियानमा कुनै कसर बाँकी नराख्ने उनले बताए ।

कार्यक्रममा चितवन यूवा समुहका संरक्षक सागर नेपाल, एनआरएनए एनसीसीका सल्लाहकार नरेन्द्र भाट, एनआरएनए कतारका मक्सुद आलम, जनसम्पर्क समिति कतारका बिमल सुबेदी, प्रवासी नेपाली मन्चका रामहरी गैरे, जनप्रगतिशील मन्चका रमेश भट्ट लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?