+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मंगलबारका दैनिक पत्रिकामा बिजनेस खबर

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ५ गते ६:१९

राजधानीबाट मंगलबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले पुँजी वृद्धिको निर्देशनले बैंकहरुको सेयरमा उछाल, मर्जरमा जाँदा अर्बौको कर्जा ‘सिफ्ट’ गर्नुपर्ने, घर बनाउन पाएनन् भूकम्पपीडितले शीर्षकमा मुख्य खबर छापिएका छन् ।

कारोबार दैनिकमा पुँजी वृद्धिको निर्देशनले बैंकहरुको सेयर उछाल, नाडा अटोमा ५ अर्बको बुकिङ, निजी क्षेत्र विश्वस्त हुन नसकेको संविधान, नेपालमा पनि अटो रेस्क्यू सेवा, ठग्ने म्यानपावरको पटक-पटक कारोबार रोक्का लगायतका खबर छन् ।

अभियान दैनिकमा मर्जरमा जाँदा अर्बौंको कर्जा ‘सिफ्ट’ गर्नुपर्ने, नयाँ संविधानमा आर्थिक प्रणालीः नयाँ ढंगले अगाडि बढाउने परिकल्पना, मध्यपहाडी लोकमार्गले छुने १० सहरः नयाँ सहरको २ तिहाइ बजेट फ्रीज लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा घर बनाउन पाएनन् भूकम्पपीडितले, प्रवर्द्धनको रकम दिन अस्वीकार, प्राकृतिक स्रोत प्रयोग गरे स्थानीयलाई सेयर, सरकारले दिएन घरको डिजाइन, बन्दबीच रुपन्देहीमा गत वर्षभनदा बढी राजश्व संकलन, खाद्य विभागद्वारा दुई सय २० मुद्दा दायर लगायतका खबर छन् ।

नागरिक दैनिकमा काबेली ‘होल्ड’ गर्दै बीपीसी, भूकम्पपीडितलाई सहुलियत ऋण, चीनमा प्याराग्लाइडिङ उडाउँदै नेपाली, एमआरपीको हल्लाले एलसी खोलिएन, ब्यवसायीद्वारा बन्द अवज्ञा लगायतका खबर छन् ।

नयाँ पत्रिकामा आर्थिक महाशक्ति बन्ने दौडमा भारतले चीनलाई भेट्टाउला ?, फास्ट ट्रयाक कि सुरुङमार्ग ?, कहिले खुल्छन् उद्योग ब्यवसाय ?, संविधान स्मारिका सिक्का निश्कासनको तयारी, मेची पहाडको पर्यटनको करिब पौने ३ करोड विनियोजन, अटो शोमा ६० हजारको अवलोकन लगायतका खबर छन् ।

eco2 eco3 eco4 eco5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?