+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बैदेशिक रोजगारीमा ठगिनबाट जोगाउन एनआरएनले मोबाइल एप बनाउँदै  

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ११ गते १८:३६

shesh-Ghale

११ असोज, काठमाण्डौ । बैदेशिक रोजगारीमा जान लागेका वा गइसकेका नेपालीहरुलाई ठगिनबाट जोगाउने उदेश्यले गैरआवासीय नेपाली संघले मोबाइल एप निर्माण गर्ने भएको छ ।

पर्याप्त सूचनाको अभावमा नेपाली कामदारमाथि शोषणको सुरुवात नेपालबाटै हुने गरेको ठहर गर्दै संघले अत्याबश्यक सूचना प्रवाह गर्ने उदेश्यले मोबाइल एप निर्माण गर्न लागेको हो ।

एप निर्माणका लागि गैरआवासीय नेपाली संघ र एसिया फाउण्डेशन बीच सोमबार काठमाण्डौमा सम्झौता भएको छ । सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष शेष घले तथा फाउण्डेशनका तर्फबाट निमित्त कन्ट्री रेप्रिजेन्टेटीभ एडवाड् र्‍यान्डरसनले हस्ताक्षर गर्नु भयो ।

सूचनाको अभाव तथा गलत सूचनाको संप्रेषणलाई न्यून गर्न, गन्तव्य मूलुकमा नेपालीभाषी कामदारसाग संवादको अवसर प्रदान गर्न र विपत्तिका समय उद्धारका लागि उपयोग गरिन सक्ने गरी मोवाईल एपको निर्माण हुन लागेको हो ।

यस परियोजनाका लागि पहिलो चरणमा ३१ लाख ८० हजार बजेट बिनियोजन गरिएको छ र यस मध्ये क्षण्डै २२ लाख रुपैयाँ एप निर्माणमा खर्च गरिने छ भने बाँकी रकम एपबारे सूचना प्रवाह प्रर्बद्धनमा खर्च गरिने छ । सो रकम अमेरिकी स्टेट डिपार्टमेन्टले एशिया फाउन्डेसनमाफर्त गैरआवासीय नेपाली संघलार्इ प्रदान गरेको हो ।

फाउण्डेसन र संघवीच भएको सम्झौता अनुसार आगामी ६ महिनाभित्रमा एप निर्माण गरि प्रर्बद्धन गरिने छ । गैरआवासीय नेपाली संघले मोबाइल एपमा राखिने अत्याबश्यक सूचना उपलब्ध गराउनुका साथै आफ्नो संजालमार्फत् प्रर्बद्धनसमेत गर्ने छ ।

फाउण्डेशनका निमित्त कन्ट्री रेप्रिजेन्टेटीभ एडवाड् र्‍यान्डरसनलले यस परियोजनाले बैदेशिक रोजगारीमा गएका र जान चहानेहरुलाई धेरै सहयोग गर्ने तथा बैदेशिक रोजगारीलाई सुव्यवस्थित बनाउन सहयोग गर्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले गैरआवासीय नेपाली संघ जस्तो विश्वभर संजाल भएको संस्थासाग सहकार्य गर्न पाउनु फाउण्डेसनका लागि अवसर भएको बताउनुभयो ।

संघका अध्यक्ष शेष घलेले सही सूचनाको अभावमा नेपाली कामदारहरु ठगिने गरेको भन्दै एपमार्फत् रोजगारीमा जान चाहने वा गइसकेका नेपालीहरुले हातहातमै सही सूचना पाउने बताउनुभयो ।

‘म कुन मुलुकमा जाँदै छु, त्यहाँका नियम कानुन के हुन्, कति तलव पाइन्छ, ठगिए कहाँ कसरी सम्र्पक गरेर न्याय पाउने भन्ने सूचना नै सवैभन्दा महत्वपूर्ण हो ।’ अध्यक्ष घलेले भन्नुभयो– सूचना प्रबिधिको जमानामा हातहातमै यस्तो सूचना पुर्‍याउँदा धेरै समस्याको निराकरण हुने मैले बिश्वास लिएको छु ।’

बैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि यो निकै महत्वपूर्ण कदम भएको भन्दै अध्यक्ष घलेले परियोजनाका लागि सहकार्य गर्ने अमेरिकी सरकार र एशिया फाउण्डेसनप्रति आभार प्रकट गर्नुभयो ।

बैदेशिक रोजगारका क्षेत्रमा सूचना प्रवाहका लागि यसरी गैरआवासीय नेपाली संघमार्फत् परियोजना निर्माण गरी काम गरिएको यो पहिलो अबसर हो । अध्यक्ष घलेले आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग साझेदारी गरी बैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न कोसिस गरिने बताउनुभयो ।

हस्ताक्षर समारोहमा फाउण्डेशनका प्रोग्राम म्यानेजर सरिन तुलाधार, गैरआवासीय नेपाली संघका सचिव रञ्जु वाग्ले थापा तथा संघका कार्यकारी निर्देशकको उपस्थिति रहेको थायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?