+
+

रिक्त आठ सचिवमा बढुवा प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते ६:४२

singha_durbar१८ असोज, काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा रिक्त सचिव पदपूर्तिका लागि सचिव बढुवा प्रक्रिया सुरु गरेको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार सामान्य प्रशासन मन्त्रालयस्थित सचिवालयमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रक्रिया थालेको हो । अब पहिलोपटक विशेषज्ञताका आधारमा सचिवको बढुवा गरिने भएको छ ।

सरकारले निर्धारण गरेको ६ वटा क्यास्टरिङका आधारमा बढुवा समितिले सचिव बढुवाको सिफारिस हुनेछ । सहसचिवहरु आफ्नो सेवा समूहभित्र मात्रै सचिवमा बढुवा हुन पाउने गरी निजामती सेवा नियमावलीको १२ औं संशोधन हालै मात्र गरिएको थियो ।

अहिले आठ सविचको पद रिक्त रहेको छ । प्रशासन सेवाअन्तर्गत चारवटा पद रिक्त छन् भने इन्जिनियरिङमा एक, वन कृषि तथा वातावरणमा एक, न्यायमा एक र परराष्ट्रमा एक पद रिक्त रहेको नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?