+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सुशीलले सरकारको विषय तर्काएपछि केपी उठेर हिँडे

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १९:४८

Susil-koirala-and-kp-oli-650
१८ असोज, काठमाडौं । प्रमुख तीन दलको बैठकमा सरकार गठनबारे ठोस प्रस्ताव नआएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बहिस्कारको शैलीमा उठेर हिँडेका छन् ।

एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भोलिपल्ट सोमबार बालुवाटारमा तीनदलको बैठक बसेको थियो । लगत्तै प्रधानमन्त्री सुशील कोइरालाले सहमतीय सरकार गठनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएकाले तीन दलमा यसबारे ठोस छलफल हुने ओलीको अपेक्षा थियो ।

बैठकको सुरुमा नै ओलीले सरकारबारे ठोस रुपमा कुरा गरौं, मेरो पनि केही भन्नु छ भनेका थिए । तर, त्यसको कुनै सुनुवाइ भएन ।

बैठकमा मधेसी मोर्चासँगको वार्ता र भारतको अघोषित नाकाबन्दीबारे छलफल भयो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले नयाँ सरकारको विषय प्रवेश वैठकमा त गराए । तर, पार्टीहरुले औपचारिक निर्णय पनि गर्नुपर्‍यो भन्दै तर्काएपछि ओली उठेर हिँडे ।

बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, एमाले लगभग बहिस्कारकै शैलीमा उठेर हिँड्यो, बैठक सकियो भनेर राम्रोसँग उठ्ने वातावरणसमेत बनेन ।’

स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले आफू फेरि प्रधानमन्त्री हुन लागेको भन्दै पत्रपत्रिकाको समाचारमा विश्वास नगर्न आग्रह गरेका छन् । उनले सहमति, सहकार्य र एकताका आधारमा अघि बढ्ने बैठकमा भनेका थिए ।

तर, पार्टीहरुले पनि संस्थागत निर्णय गर्नुपर्छ, एमालेले त निर्णय गर्‍यो । कांग्रेससहितका अरुले पनि निर्णय गरेपछि त्यसै आधारमा छलफल गरौं भन्दै कोइरालाले सरकारको विषयलाई तर्काउन खोजेको एमाले नेताहरुको आरोप छ ।

कोइरालाको प्रस्तुतिपछि ओलीसहितका एमाले नेताहरु उठेर हिँडेको बालुवाटार स्रोतले बतायो ।

यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?