१८ असोज, काठमाडौं । रुपन्देहीको बेलहिया (भैरहवा) नाकामा भएको झडपमा आन्दोलनकारीले गुलेलीमा गुच्चा राखेर हानेको पाइएको छ ।
झडपस्थलबाट प्रहरीले केही दर्जन गुच्चा संकलन गरेको छ । आन्दोलनकारीले ढुंगामुढाका साथै गुलेलीमा गुच्चा हालेर सुरक्षाकर्मी माथि प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
मधेसी मोर्चाका कार्यकर्ता सुनौली नाकामा अवरोध गर्न धर्ना बस्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको थियो । झडपका क्रममा आन्दोलनकारीले प्रहरीमाथि दशगजा क्षेत्रबाट समेत ढुंगाका साथै गुलेलीले हानेका थिए ।
आन्दोलनकारीले गुलेलीमा गुच्चा राखेर हान्दा सुरक्षाकर्मी कमल भण्डारी, रामकिसुन यादव र विजय कार्की घाइते भएका भएका छन् । झडपमा डिएसपी रामेश्वर कार्की सहित ९ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीमाथि ढुंगा हान्ने ३ जना पक्राउ परेका छन् ।
प्रतिक्रिया 4