Comments Add Comment

मंगलबार दिनभरमा एक ट्यांकर तेल नेपाल भित्रियो

१९ असोज, काठमाडौं । अघोषित नाकाबन्दी कारण इन्धनको संकट भइरहेका बेला भारतले सीमा नाकाहरुमा थप कडाइ गरेको छ ।

मंगलबार दिनभरमा भारतबाट एक ट्यांकर पेट्रोल नेपाल भित्रिएको छ । भारतले भैरहवाको बलहिया नाका बन्द गरेको छ । असुरक्षाको कारण देखाउँदै भारतीय पक्षले एउटा पनि मालबाहक गाडीको भन्सार जाँचपास गरेन ।

fuel entry list

बेलहिया नाकामा सोमबार प्रहरी र आन्दोलकारीबीच झडप भएको थियो । मंगलबार मधेसी मोर्चाका कार्यकर्ताले अवरोध नगरेपनि भारतीय भन्सार अधिकारीहरुले लेे जाँचपास नै रोकेको छ ।

वीरगञ्ज भन्सारमा मधेसी मोर्चाको अवरोध जारी रहृयो । मितेरी पुलमा मोर्चाका कार्यकर्ता शिविर नै खडा गरेर २४ घण्टे धर्नामा छन् । जसले वीरगञ्जबाट हुने आयात निर्यात ठप्प छ ।

नेपालगञ्जको जमुनाह नाकाबाट २४ वटा मालबाहक गाडी नेपाल आएका छन् । तर, त्यसमा एउटाले पनि पेट्रोलियम पदार्थ बोकेका छैनन् ।

धेरैजसो आलु, चामल, क्लिंकर र पावरटिलर बोकेका गाडी आएको भन्सार प्रमुख राजेन्द्र हमालले बताए । उनका अनुसार भारतीय भन्सारले अझै पनि जाँचचपासमा तीव्रता देखाएको छैन् ।

यस्तै बिराटनगरको रानी भन्सार नाकाबाट मंगलबार ६५ वटा गाडी नेपाल भित्रिएकका छन् । त्यसमा एउटा पेट्रोल बोकेको ट्यांकर पनि रहेको भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले बताए । बिराटनगर नाकाबाट मंगलबार अधिकांश औद्योगिक कच्चापदार्थ बोकेका गाडी भित्रिएका छन् ।

पूर्वको काँडकडभिट्टा नाकाबाट दिनभरमा झण्डै ९० वटा मालबहाक गाडी नेपाल आएका छन् । त्यहाँबाट एउटा पनि तेल र ग्यास बोकेका गगाडी नेपाल नआएको मेची भन्सारका प्रवक्ता दिपेन्द्रकुमार झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment