+
+

मलेसिया र कुवेतको जेलमा रहेका कामदारको उद्धार गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २३ गते ६:४२

Maleshia२३ असोज, काठमाडौं । वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले मलेसिया र कुवेतको डिटेन्सन क्याम्पमा रहेका नेपाली कामदारलाई उद्धारका लागि रकम पठाउने भएको छ ।

मलेसियाबाट दुई सय एक जना कामदार र कुवेतबाट १४ जना महिला कामदारलाई उद्धार गरी नेपाल ल्याउनका लागि बोर्डले रकम पठाउने निर्णय गरेको नयाँ पत्रिकामा खबर छ ।

मलेसियामा विभिन्न आरोपमा जेल परेका र गैरकानुनी हैसियतमा रहेका नेपालीलाई घरफिर्ती केन्द्रमा राख्ने गरिन्छ ।

केन्द्रमा करिब सात सय नेपाली भए पनि तत्काल दुई सय एक जनालाई उद्धार गर्न बोर्डले २० लाख रुपैयाँ पठाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?